बिहीबार, वैशाख १३, २०८१

पीसीआर परीक्षणमा तीव्रता देऊ : मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले पीसीआर परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा तीव्रता दिन आग्रह गरेको छ।
 |  शनिबार, वैशाख १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १३, २०७७

काठमाडाैं- राष्ट्रिय मानव अधिकार आयोगले पीसीआर परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा तीव्रता दिन आग्रह गरेको छ। कतिपय स्थानमा पीसीआर परीक्षण प्रभावकारी रुपमा हुन नसकी न्यून संख्यामा भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले यस्तो आग्रह गरेको हो।

triton college

आयोगले भनेको छ, 'अन्य देशको अनुभवले पनि आरडीटी प्रविधि भरपर्दो नभएको तथा पीसीआर प्रविधिको परीक्षणपछि मात्र वास्तविक संक्रमित भए नभएको यकिन हुने हँुदा पीसीआर परीक्षणमा तीव्रता दिन आयोग आग्रह गर्दछ।' 

आयोगले लकडाउनको पूर्ण रुपमा पालना नभएको, काठमाडौं उपत्यका र विभिन्न सहरबाट मानिसहरु भीडभाड गरी गन्तव्यतर्फ गइरहेको, तराईका कतिपय जिल्लामा हाटबजार यथावत् सञ्चालन भइरहेको पाइएकाले भीडभाड नगरी एकापसमा सतर्कतापूर्वक दूरी कायम गरी लकडाउनको पालना गर्न/गराउन सबैलाई अपिल गरेको छ। 

अस्पतालहरुमा पर्याप्त मात्रामा भेन्टिलेटर, आइसोलेसन वार्ड, पीपीई, आवश्यक औषधीलगायतको पर्याप्त व्यवस्था गर्न पनि आयोग आग्रह गरेको छ। राहत वितरणमा देखिएका समस्याको उचित व्यवस्थापन गर्न, अपांग, अशक्त, गर्भवती, ज्येष्ठ नागरिक,
बालबालिका, कैदीबन्दी, सुकुम्बासी तथा अति विपन्न वर्गका लागि राहतमा विशेष ध्यान पुर्याउन सरोकावालासँग आग्रह गरेको छ।

यस्तै लकडाउनको अवधिमा बढ्दै गएका महिला हिंसाको न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न, क्वारेन्टाइनभित्रको व्यवस्थापनलाई थप व्यवस्थित गर्न तथा सिमानामा लामो समयदेखि क्वारेन्टाइनमा बसेका नागरिकहरुको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको  आदेश पालना गरी मानव अधिकारको सम्मान, संरक्षण र परिपूर्तिको लागि संघ, प्रदेश र स्थानीय सरकार बीच आवश्यक समन्वय हुनसमेत आयोगले आग्रह गरेको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Apr 25, 2020| 13:22 शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।