बिहीबार, वैशाख १३, २०८१

प्रादेशिक अस्पताल जनकपुरको पीसीआर मेसिनमै शंका

जनकपुरमा स्वाब परीक्षण गर्दा कोरोना भाइरसको नतिजा नेगेटिभ आएका एक बालकको रिपोर्ट बिहीबार राष्ट्रिय प्रयोगशाला टेकुले पोजेटिभ देखाएपछि पीसीआर मेसिनको गुणस्तरमाथि शंका उत्पन्न भएको हो।
 |  शुक्रबार, वैशाख १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०७७

जनकपुरधाम- केही दिनअघि प्रादेशिक अस्पताल जनकपुरको पीसीआरमा शंका उत्पन्न भएको छ।

triton college

बिहीबार सर्लाहीका १४ वर्षीय एक बालक कोरोना पोजिटिभ रहेको नतिजा सार्वजनिक गर्‍यो। जनकपुरमा स्वाब परीक्षण गर्दा कोरोना भाइरसको नतिजा नेगेटिभ आएका एक बालकको रिपोर्ट बिहीबार राष्ट्रिय प्रयोगशाला टेकुले पोजेटिभ देखाएपछि पीसीआर मेसिनको गुणस्तरमाथि शंका उत्पन्न भएको हो।

प्रादेशिक अस्पताल जनकपुरमा अहिलेसम्म जाँच गरिएका सयभन्दा बढी स्वाबको रिपोर्ट नेगेटिभ आएको छ। बिहीबार फरक नतिजा आएपछि यसअघि भएका सबै नमुना शंकाको घेरामा परेको हो।

प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक रामविनय साह फरक नतिजा आउनुमा पीसीआर मेसिन प्रमुख कारण रहेको बताउँछन्। कम गुणस्तरको मेसिन जडान भएकाले भरपर्दो नतिजा आउन नसकेको उनको भनाइ छ।

‘सयभन्दा बढी स्वाब परीक्षण गरिसकेका छौं। मेसिन भरपर्दो छैन,’ उनले भने, ‘बिहीबारको नतिजाले अहिलेसम्मको सबै मिहिनेत बर्बाद भएको छ। सही परिणाम नदिने मेसिनमा परीक्षण गर्नुको कुनै अर्थ छैन।’

corrent noodles
Metro Mart

मेसिनमाथि सुरुदेखि शंका रहेकोले आफूहरुले यहाँ परीक्षण गरिसके पनि पुनः परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकु पठाउँदै आइरहेको उनले जानकारी दिए।

‘सर्लाहीकै बालकको घटनामा हामीले दुईपटक स्वाब परीक्षण गरेका थियौं, दुवैपटक नेगेटिभ देखाएको थियो, तर टेकुले पोजिटिभ भन्यो, मेसिनको समस्या हो,’ उनले भने।

साहले यसअघि १५ स्थानमा जडान गरिएको यस्तै मेसिन हटाइएर बढी क्षमता भएको पीसीआर जडान भइसके पनि प्रादेशिक अस्पतालमा नभएको जानकारी दिए। उनले भने, ‘दक्ष प्राविधिक रहे पनि नतिजा फरक आएको छ। अर्को मेसिन जडान नभएसम्म यहाँ जाँच गर्नु बालुवामा पानी फ्याले सरहमात्र हुनेछ।’

नयाँ मेसिन जडान गर्न सम्बन्धित निकायलाई जानकारी गराइसकेको साहले बताए।

‘प्रादेशिक प्रयोगशालामा कार्यरत सबै प्राविधिकले पीसीआर मेसिन चलाइसकेका छन्। जनशक्तिमा समस्या छैन्, सबै अनुभवी छन्, मेसिनले साथ नदिँदा फरक नतिजा आएको हो ,’ उनले भने।

तत्कालीन जनकपुर अञ्चल अस्पतालका सेवानिवृत्त वरिष्ठ ल्याब टेक्निसियन अरुणकुमार मल्लिक नमुना संकलन, परीक्षण प्रक्रिया, मेसिनको गुणस्तर र प्राविधिकको कार्यक्षमताले नतिजा फरक पर्नेसक्ने बताउँछन्।

प्रकाशित: Apr 24, 2020| 10:53 शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।