काठमाडौं- राजपा र समाजवादी पार्टी मिलेर बुधबार राति गठन भएको जनता समाजवादी पार्टी दर्ताका लागि नेताहरू बिहीबार निर्वाचन आयोगमा पुगेका छन्।
दुवै पार्टीका नेताहरु एकीकृत दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेको नेता केशव झाले जानकारी दिए। समाजवादी पार्टी विभाजन हुन सक्ने भन्दै राजपा र समाजवादीले बुधबार राति एकताको घोषणा गरेको थियो।
दल दर्ताका लागि आयोगमा पेस गरिएकाे निवेदनमा नेताहरू शरदसिंह भण्डारी र उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्।
समाजवादी पार्टीबाट अलग भएको रेणु यादव समूह पनि दल दर्ताको तयारीमा रहेको बुझिएको छ। यद्यपि उनका पक्षामा सांसद संख्या कम भएको देखिन्छ।
याे पनि पढ्नुस् :
राजपा–समाजवादीबीच एकीकरण, नयाँ दलको नाम 'जनता समाजवादी पार्टी'
एकीकरणको घोषणा हुँदै गर्दा समाजवादी पार्टीमा विभाजन
विभाजनमा हस्ताक्षर गरेका सांसद यादव एक्कासि भट्टराई निवासमा