शुक्रबार, वैशाख ७, २०८१

युट्युबरलाई अब १ प्रतिशत अग्रिम कर

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा भुक्तानी दिने संस्थाले सुरुमै १ प्रतिशत अग्रिम कर उठाउनुपर्ने उल्लेख गरिएको छ।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं- अब युट्युबरलाई पनि कर लाग्ने भएको छ। सामाजिक सञ्जालमा सामग्री अपलोड गरी विदेशी रकम आम्दानी गर्नेलाई १ प्रतिशत कर लाग्‍ने व्यवस्था सरकारले बजेटमार्फत् गरेको हो। 

triton college

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा भुक्तानी दिने संस्थाले सुरुमै १ प्रतिशत अग्रिम कर उठाउनुपर्ने उल्लेख गरिएको छ। 

'व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराउने वा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरेबापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेको भए सम्बन्धित बैंक वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनी ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्ने व्यवस्था मिलाएको छु,' प्रतिस्थापन विधेयकको बुँदा नम्बर ६८ मा उल्लेख छ। 

उक्त व्यवस्थाअनुसार नेपाल बाहिर सफ्टवेयरको काम गर्नेहरूले विदेशी मुद्रामा आम्दानी गरे पनि १ प्रतिशत कर लाग्ने छ।

प्रकाशित: Sep 10, 2021| 17:27 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्