काठमाडौं- नेपालमा बसेर फुटबल खेलिरहेका विदेशी फुटबल खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले उपहार स्वरुप खाध्यान्न सामाग्री प्रदान गरेको छ।
ए डिभिजन लिग खेलिरहेका र प्रशिक्षण गरिरहेका २८ जनालाई तरकारी, चामललगायतका खाध्यान्न समान प्रदान गरेको हो।
विदेशी खेलाडीहरु ए डिभिजनका विभिन्न क्लबमा आबद्ध रहेर सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए।
तर एक महिनाबाट सरकारले जारी गरेको लक डाउनका कारण उनीहरु काठमाडौमै रोकिएका छन। एन्फाले आफ्नै सवारी प्रयोग गरेर काठमाडौंका विभिन्न ठाउँमा बसेका खेलाडी र कोचलाई सामान बितरण गरेको हो।
एन्फाले यसअघि पनि एम्बुलेन्स र एन्फा एकेडेमीको भवन आवश्यक परेमा कोरोनाविरुद्धको लडाइँमा प्रयोग गर्न आव्हान गरेको छ।
त्यस्तै कोहलपुरको महिला एकेडेमी भने क्वारेन्टिन बनाउन प्रयोग गरिसकिएको छ।