बुधबार, वैशाख १२, २०८१

एनसेल कोसेली : टक टाइम, डेटा र एसएमएस उपहार पठाउन सकिने

एनसेलका प्रिपेड ग्राहकले अब टक टाइम, डेटा र एसएमएस सेवा कोसेलीको रुपमा आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइलाई उपहार स्वरुप पठाउन सक्नेछन् ।
 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

एनसेलका प्रिपेड ग्राहकले अब टक टाइम, डेटा र एसएमएस सेवा कोसेलीको रुपमा आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइलाई उपहार स्वरुप पठाउन सक्नेछन् ।

triton college

एनसेलप ्राइभेट लिमिटेडले आमाको मुख हेर्ने दिनको अवसरमा आफ्ना प्रिपेड ग्राहकका लागि एनसेल कोसेली अफर अन्तर्गत विभिन्न योजनाहरु ल्याएको छ जसअन्तर्गत ग्राहकले एनसेलको प्रिपेड सेवाप्रयोग गरिरहेका आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइलाई भ्वाइस प्याक, डेटा प्याक र एसएमएस प्याक उपहार स्वरुप पठाउन सक्नेछन् ।

एनसेल कोसेलीको रुपमा पठाउन सकिने सेवाहरुमा ७५ मिनेट टक टाइम, ५५ मिनेट टक टाइम, ६०० एमबी डेटा, २१०० एमबी डेटा र १,००० एसएमएस रहेका छन् । एनसेल कोसेलीको अन्तर्गतको यी प्याकहरु यहि बिहीबार (वैशाख ११) देखि लागु हुनेछ ।

एनसेलका प्रिपेड ग्राहकले ७५ मिनेट भ्वाइस प्याक कर सहित रु ६२.५७ र त्यसै गरी अर्को ५५ मिनेट भ्वाइस प्याक कर सहित रु ३१.९२ मा उपहार पठाउन सक्नेछन् । ५५ मिनेटको भ्वाइस प्याक उपहार प्राप्तगर्ने ग्राहकले ३ दिनभित्र एनसेल नेटवर्कभित्र उतm भ्वाइस सेवा प्रयोग गर्न सक्नेछन् । त्यस्तै ७५ मिनेटको भ्वाइस प्याक उपहार पाउने ग्राहकले ७ दिनभित्र एनसेल नेटवर्कभित्र उक्त भ्वाइस सेवाको प्रयोग गर्न सक्नेछन् ।

डेटामा ग्राहकले ६०० एमबी डेटा (२०० एमबीअल नेट, २०० एमबीफोरजी र २०० एमबी नाइट डेटा) मात्र रु ४४.६९ माउपहार स्वरुप पठाउन सक्नेछन् । उतm डेटा प्याक ३ दिनको लागि मान्य रहनेछ । त्यसै गरी प्रिपेड ग्राहकले आफ्ना साथीभाई तथा परिवारजनलाई २१०० एमबी डेटा (हरेक दिन ३०० एमबी ७ दिन सम्म) मात्र रु ९७.४ मा उपहार दिन सक्नेछन् ।

corrent noodles
Metro Mart

यसका साथै प्रिपेड ग्राहकले १००० वटा एसएमएसको प्याक उपहार स्वरुप रु २४.२६ मा पठाउन सक्नेछन् । यसरी प्राप्त हुने एसएमएस उपहार प्राप्त गर्ने ग्राहकले आफूले पाएको मितिबाट ३० दिन सम्म प्रयोग गर्न सक्नेछन् ।

प्रकाशित: Apr 23, 2020| 09:48 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्