बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितको संख्या २६ लाख नाघ्यो, २४ घण्टामा कहाँ के भयो ?

कोरोना संक्रमितको संख्या २६ लाख नाघ्यो, २४ घण्टामा कहाँ के भयो ?

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २६ लाख २३ हजार ४ सय १५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ७८ हजार ७ सय ७९ जना संक्रमित थपिएका छन् ।
 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २६ लाख २३ हजार ४ सय १५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ७८ हजार ७ सय ७९ जना संक्रमित थपिएका छन् ।

triton college

जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ८२ हजार ९ सय ३ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ६२ जनाको मृत्यु भएको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या ८ लाख ३९ हजार ७ सय ७५ पुगेको छ भने मृतकको संख्या ४६ हजार ५ सय ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा २९ हजार ३ सय ७१ संक्रमित भेटिएका छन् भने २ हजार ३ सय २१ जनाको मृत्यु भएको छ ।

यस्तै स्पेनमा संक्रमितको संख्या २ लाख ८ हजार ३ सय ८९ पुगेको छ भने २१ हजार ७ सय १७ जनाको मृत्यु भएको छ । स्पेनमा बुधबार मात्रै ४ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको छ भने ४ सय ३५ जनाको मृत्यु भएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७० जना संक्रमित थपिएका छन् भने ४ सय ३७ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा संक्रमितको संख्या १ लाख ८७ हजार ३ सय २७ पुगेको छ भने मृतकको संख्या २४ हजार ८५ पुगेको छ ।

corrent noodles
Metro Mart

फ्रान्समा बुधबार १ हजार ८ सय २७ जना नयाँ संक्रमित थपिदा ५ सय ४४ जनाको मृत्यु भएको छ । यहाँ अहिलेसम्म १ लाख ५७ हजार १ सय २५ जना संक्रमित भएका छन् भने २१ हजार ३ सय ७३ जनाको मृत्यु भएको छ ।

जर्मनमीमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ९५ मा कोरोना पुष्टि भएको छ भने २ सय २९ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या १ लाख ५० हजार ६ सय ४८ पुगेको छ भने ५ २ सय हजार ७९ जनाको मृत्यु भएको छ ।

यस्तै बेलायतमा बुधबार ४ हजार ४ सय ५१ जना नयाँ संक्रमित थपिदा ७ सय ६३ जनाको मृत्यु भएको छ । बेलायतमा अहिलेसम्म १ लाख ३४ हजार ६ सय ३८ जना संक्रमित हुँदा १८ हजार १ सय १५ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ९० मा कोरोना पुष्टि भएको छ भने ३६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमितको संख्या २१ हजार ३ सय ७० पुगेको छ भने मृतकको संख्या ६ सय ८१ पुगेको छ ।

नेपालमा भने बुधबार तीन जना नयाँ संक्रमित भेटिएसँगै कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।

प्रकाशित: Apr 23, 2020| 06:13 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।