बुधबार, वैशाख १२, २०८१

अध्यादेश फिर्ता लिन कांग्रेस नेता यादवको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेन्द्र यादवले सरकारले ल्याएको अध्यादेश बेमौसमी बाजा रहेको भन्दै तत्काल फिर्ता लिन माग गरेका छन्। केन्द्रीय सदस्य यादवले मुलुक अहिले कोरोना महामारीविरुद्ध लडाइँ गरिरहेको बेला अध्यादेश ल्याएर सरकारले बेमौसमी बाजा बजाएको भन्दै तत्काल फिर्ता लिनुपर्ने बताएका हुन्।
 |  बुधबार, वैशाख १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०७७

triton college
corrent noodles
Metro Mart

जनकपुरधाम - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेन्द्र यादवले सरकारले ल्याएको अध्यादेश बेमौसमी बाजा रहेको भन्दै तत्काल फिर्ता लिन माग गरेका छन्। केन्द्रीय सदस्य यादवले मुलुक अहिले कोरोना महामारीविरुद्ध लडाइँ गरिरहेको बेला अध्यादेश ल्याएर सरकारले बेमौसमी बाजा बजाएको भन्दै तत्काल फिर्ता लिनुपर्ने बताएका हुन्।

‘मुलुक अहिले कोरोनाविरुद्ध लडिरहेको छ, सरकारले कोरोनाविरुद्ध प्रभावकारी भूमिका खेल्नुपर्ने थियो’, नेपाल समयसँग कुरा गर्दै यादवले भने, ‘कोरोनाविरुद्ध प्रभावकारी भूमिका खेल्न नसकेको वर्तमान सरकारले अध्यादेश ल्याएर संविधानविरोधी हर्कत गरेको छ, हामीलाई कदापि सह्य हुन सक्दैन।’ पार्टी विभाजन र संवैधानिक परिषद्मा नियुक्तिसम्बन्धी अध्यादेश संविधानमाथि आक्रमण रहेको भन्दै नेता यादवले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार संघीयता मास्नतर्फ उद्दत रहेको प्रष्ट भइसकेको उल्लेख गरे।

बहुमतको दम्भमा डुबेको सरकार तानाशाही लाद्नतर्फ अगाडि बढिरहेको भन्दै उनले सरकारले चालेको पछिल्लो कदम लोकतन्त्रवादी कुनैपनि नेपालीलाई स्वीकार्य हुन नसक्ने बताए। संघीयता र लोकतन्त्रको रक्षा गर्न जुनसुकै समय आन्दोलन गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै उनले सबैलाई तयार भएर बस्न निर्देशन दिए।

प्रकाशित: Apr 22, 2020| 19:43 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।