बिहीबार, वैशाख १३, २०८१

युवा परिषद्, पञ्चेश्वर गापा र नबिल बैंकबीच सम्झौता

नबिल बैंकले राष्ट्रिय युवा परिषद् र बैतडीस्थित पञ्चेश्वर गाउँपालिकासँग त्रिपक्षीय समझदारी गरेको छ। युवा उद्यमशीलता र स्वरोजगार प्रवर्धनमार्फत युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यले उक्त त्रिपक्षीय सम्झौता गरिएको हो।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौ‌– नबिल बैंकले राष्ट्रिय युवा परिषद् र बैतडीस्थित पञ्चेश्वर गाउँपालिकासँग त्रिपक्षीय समझदारी गरेको छ। युवा उद्यमशीलता र स्वरोजगार प्रवर्धनमार्फत युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यले उक्त त्रिपक्षीय सम्झौता गरिएको हो।

triton college

सम्झौताअन्तर्गत सुदूर पश्चिम प्रदेशका बैतडी जिल्लास्थित पञ्चेश्वर गाउँपालिकाका युवाहरूलाई उद्यमशीलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरिनेछ। तालिमपछि उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याइने नबिल बैंकले जनाएको छ।

सम्झौतापत्रमा नबिल दिगो बैंकिङका प्रबन्धक लीलाप्रसाद ओझा, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमख डा बाबुराम ढुङ्गाना र पञ्चेश्वर गापाका अध्यक्ष गोरखबहादुर चन्दले हस्ताक्षर गरेका छन्।

ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायीकरण र उद्यमशीलता विकासको लागि उक्त कार्यक्रम ल्याइएको बैंकका प्रबन्धक ओझाले जानकारी दिए। उनका अनुसार उक्त कार्यक्रम सुरूमा १७ वटा दुर्गम शाखाहरूबाट सञ्चालन गरिएको छ। बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा प्रवाह गर्दै आएको छ।

प्रकाशित: Sep 10, 2021| 17:08 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्