बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • उदयपुरमा भेटिएका कोरोना संक्रमितमध्ये तीनजना विदेशबाट आएका

उदयपुरमा भेटिएका कोरोना संक्रमितमध्ये तीनजना विदेशबाट आएका

उदयपुरमा कोरोना भाइरसको संक्रमण देखिएका मध्ये ३ जना युवा विदेशबाट आएको खुलेको छ। मंगलबार कोरोना संक्रमण देखिएका एक युवक दुबई र अरु दुई युवक भारतबाट आएका हुन्।
 |  बुधबार, वैशाख १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०७७

उदयपुरमा कोरोना भाइरसको संक्रमण देखिएका मध्ये ३ जना युवा विदेशबाट आएको खुलेको छ। मंगलबार कोरोना संक्रमण देखिएका एक युवक दुबई र अरु दुई युवक भारतबाट आएका हुन्।

triton college

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले दुबईबाट आएका युवक फागुन १० गते घरमा पुगेको बताए। बुढामगरका अनुसार एक युवक भारतको नयाँ दिल्ली र अर्का उत्तर प्रदेशबाट आएको खुलेको छ।

भारतबाट आएकाहरु चैत ६ गतेदेखि ९ गतेको बीचमा घर पुगेको बुढामगरले जानकारी दिए। उनीहरु तीनैजना उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका बासिन्दा हुन्।

भल्केको नुरी मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पाइएपछि उनीहरूसँग नियमित सम्पर्कमा रहेका मुस्लिम समुदायका ५३ घरका बासिन्दाको स्वाब संकलन गरिएको थियो।

सोही क्रममा तीन युवामा समेत कोरोना संक्रमण देखिएको थियो। विदेशबाट आएका युवाहरु नियमति मस्जिदमा जाने–आउने गरेकाले उनीहरुबाट नै अरुलाई कोरोना सरेको आशंका स्थानीयले गरेका छन्। यद्यपि, कहाँबाट कोरोना सर्यो भन्ने एकिन भैसकेको छैन। प्रहरीले यस बारेमा अनुसन्धान भैरहेको जनाएको छ।

corrent noodles
Metro Mart

‘संक्रमित युवाहरुको सम्पर्कमा आएकाहरुको खोजि कार्य तिव्र पारेका छौ,’ प्रहरी उपरीक्षक बुढामगरले भने,‘युवाहरु विदेशबाट घर आएको लामो समय भइसकेकाले प्रत्यक्ष सम्पर्कमा आएकाहरुको खोजि गर्न समस्या भैरहेको छ।’

पहिलो चरणमा संक्रमित युवाहरुको परिवारका सदस्य तथा नजिकका छिमेकी र सम्पर्कमा आएकाहरुको नमुना संक्रलन गरी विराटनगरस्थित प्रादेशिक अस्पतालको ल्याबमा पीसीआर परीक्षण गरिएकोमा एकै परिवारका चारसहित आठजना पुरुषको नतिजा पोजेटिभ आएको थियो।

स्थानीयले संमितहरूले सर्वसाधारणसँगै बसेर कैयौंपटक बिहान बेलुका नजिकैको चिया पसलमा नियमित चिया पिउने गरेको बताएका छन्। उनीहरुले पसलहरूमा सामान किन्ने र तरकारी किनबेच गर्ने गरेको बताएपछि गाउँका अन्यमा पनि संक्रमण फैलिएको आशंका गरिएको छ।

मंगलबार एकैदिन ११ जना कोरोना संक्रमित थपिएपछि उदयपुरमा संक्रमितको संख्या २४ पुगेको छ। उनीहरू सबै त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिदमा बसेका भारतीय र आसपासका बासिन्दा हुन्। संक्रमित २४ जनाकै विराटनगरको कोरोना विशेष अस्पतालमा उपचार भैरहेको छ।

 

प्रकाशित: Apr 22, 2020| 14:43 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।