बिहीबार, वैशाख १३, २०८१

दूध किन्न जाँदा लाठी ! किन कठोर बन्दै छ प्रहरी ?

कल्याणले फेसबुक लाइभ गरेर रुँदै भने, ‘तरकारी, दुध किन्न जानु अपराध हो?’ बच्चाका लागि दूध किन्न जान पाइन्न? पाइन्छ भने प्रहरीले मलाई किन कुटपिट गर्‍यो ?’
 |  बुधबार, वैशाख १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०७७

जनकपुरधाम- कोरोना संक्रमण रोकथाम गर्न मुलुक अहिले ‘लकडाउन’ मा छ। मानिस घरमै थुनिएका छन्। अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन पाएका छैनन्।

triton college

चोक र सडक सुनसान छन्। तापनि खाद्यान्न, दूध, औषधि, तरकारीलगायत सामग्री खरिद गर्न घरबाहिर ननिस्की सुखै छैन।

यस्तै बाध्यताबीच जनकपुरधाम–२ शिवचोकका कल्याणकुमार कर्ण आइतबार बिहानै दूध किन्न भनेर घरबाट निस्के। उनलाइ ड्युटीमा रहेका प्रहरीले ‘लकडाउन’ मा किन बाहिर निस्केको भनेर सोधे। कल्याणले ‘बच्चालाई दूध किनेर आएको’ जबाफ फर्काए। तर, प्रहरी उनीमाथि जाइलागे। भुइँमै लडाए। निर्ममसँग कुटे।

कल्याणले फेसबुक लाइभ गरेर रुँदै भने, ‘तरकारी, दूध किन्न जानु अपराध हो?’ बच्चाका लागि दूध किन्न जान पाइन्न? पाइन्छ भने प्रहरीले मलाई किन कुटपिट गर्‍यो ?’

‘म दूध र तरकारी लिएर फर्किरहेको थिएँ। एकजना प्रहरीले कताबाट आयौ भनेर सोध्यो। मैले दूध र तरकारी किनेर भनेर। पिठ्युँमा दुई लठ्ठी हिर्काउँदै ल जा छिटो उसले भन्यो। मैले लठ्ठी किन हानेको, के गल्ती गरेको छु भनेर सोधें,’ उनले भने, ‘त्यतिकैमा अर्को एकजना प्रहरी आएर जथाभाबी हिर्काउन थाल्यो, मैले के गल्ती गरेको थिएँ?’

corrent noodles
Metro Mart

धनुषाको गणशेमान चारनाथ नगरपालिका–५ गोदार स्वास्थ्य चौकीका एम्बुलेन्स चालक स्थानीय २३ वर्षीय कृष्ण मण्डल गत २ गते एम्बुलेन्स चलाएर जनकपुर आइरहेका थिए।

जनकपुरको मुजेलियास्थित ट्राफिक प्रहरी बिटमा कार्यरत प्रहरी जवान श्रवण राय राजपुतले एम्बुलेन्स रोक्न लगाएर कृष्णको कन्चटमा २÷३ झापड हिर्काए। तीव्र गतिमा एम्बुलेन्स किन चलाएको भन्दै रायले कृष्णको कन्चटमा झापड लगाउँदा उनको कानको जाली फुटेको छ।

धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा जाँच गराउँदा कानको जाली फुटेको रिपोर्ट आएको उनी बताउँछन्।

‘लकडाउन’ पालन गराउने बहानामा ड्युटीमा खटिएका कतिपय प्रहरीले सर्वसाधारणसँग दुव्र्यवहार गर्ने गरेको जनकपुरधाम–४ बस्ने सञ्जय झा बताउँछन्।

‘मेरो घर सडकछेउमा छ। परिवारका सदस्य कम्पाउन्डमा कुरा गरेर बसेका थियौं। प्रहरी आएर त्यहाँ राखिएको कुर्सीमा लातले हिर्काउन थाल्यो,’ झाले भने।

जनकपुरधाम–६ का बलराम साह कोरोनाबाट जोगिन सबैले ‘लकडाउन’ को पूर्ण पालना गर्नुपर्ने आवश्यक रहे पनि अत्यावश्यक सामग्री खरिदका लागि बाहिर निस्कनुपर्ने बाध्यतालाई प्रहरीले बुझिदिनुपर्ने बताउँछन्।

‘‘लकडाउन’ हामै्र लागि हो, हामी सबैले पालना गर्नुपर्दछ, जरुरी कामले बाहिर निस्कनेलाई प्रहरीले हिर्काउने हो भने राज्यले आवश्यक सामग्री घरसम्म पुर्‍याउने व्यवस्था गरिदिनुपर्‍यो,’ उनले भने।

प्रदेश २ का प्रहरी प्रमुख डीआइजी प्रद्युम्न कार्की ‘लकडाउन’ पालना गराउन कडाइ गर्न जरुरी भए पनि प्रहरीले कसैलाई कुट्न नमिल्ने बताउँछन्। ‘केही घटना भएका छन्, कतिपय कारबाहीमै परिसकेका छन्, कतिपयलाई समझाइ बुझाइ गरिएको छ,’ कार्कीले भने।

‘लकडाउन’ पालना गराउन लठ्ठी देखाउन आवश्यक नभएको उनी बताउँछन्। उनले भने, ‘कतिपय स्थानमा प्रहरीमाथि आक्रमण हुँदा यस्ता घटना भएका हुन सक्छन् । तर, विनाकारण प्रहरीले कसैलाई कुटपिट गर्न पाउँदैन।’

 

प्रकाशित: Apr 22, 2020| 13:33 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।