बिहीबार, वैशाख ६, २०८१

प्रहरीको खोजतलासबीच घरमै भेटिइन् प्रदेश सांसद ढेंगा

अचानक सम्पर्कविहीन भएकी जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सदस्य पुरमती ढेंगा मगर पार्टीको सम्पर्कमा आएकी छन्।
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

बुटवल– अचानक सम्पर्कविहीन भएकी जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सदस्य पुरमती ढेंगा मगर पार्टीको सम्पर्कमा आएकी छन्। 

triton college

कपिलवस्तुबाट आज बिहानदेखि सम्पर्कविहीन  भएकी जसपा यादव पक्षकी प्रमुख सचेतक ढेंगा रूपन्देहीस्थित निवासमै रहेको जसपा लुम्बिनीका अध्यक्ष अशोक यादवले बताए।

‘हामीसँग फोनमा कुराकानी भयो, पार्टीको सम्पर्कमा आउनुभएको छ,’ अध्यक्ष यादवले भने। पार्टीको सम्पर्कमा आ पनि आफू कहाँ र किन सम्पर्कविहीन भएको भन्नेबारे उनले विस्तृत विवरण नखुलाएको यादवले बताए। जसपाले सांसद ढेंगा आइतबार बिहान ११ बजेदेखि बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको थियो।

ढेंगा कपिलवस्तुस्थित एक होटलमा केही सांसदहरुसँग बैठक बसिरहेको बेला हिँडेकी थिइन्। त्यसपछि उनी एकाएक सम्पर्कविहीन भएपछि खोजतलास शुरू भएको थियो। आइतबारदेखि उनले कसैको फोन उठाएकी थिइनन् र परिवारको पनि सम्पर्कमा आएकी थिइनन्।

प्रकाशित: Jul 29, 2021| 18:18 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।