बिहीबार, वैशाख ६, २०८१

लकडाउनमा सफा भए गंगा–युमना, अनि बागमती ?

पशुपतिनाथ मन्दिरपछि अर्थात् तिलगंगाबाट बागमती अगाडि बढ्दा झनै फोहर देखिएको छ।
 |  बुधबार, वैशाख १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०७७

‘लकडाउनका कारण उद्योगहरु बन्द हुँदा यमुना नदीमा नराम्रो पदार्थ मिसिएको छैन। जसले गर्दा यमुना नदीको पार्टीको क्वालिटी राम्रो भएको छ। र, यमुना नदीको पानी सफा भएको छ,’ भारतको राजधानी दिल्लीस्थित जलबोर्डका उपाध्यक्ष राघव चड्डाको भनाइ यो । सरकारले करोडौं रुपैयाँ खर्च गर्दा सफा हुन नसकेको यमुना नदी लकडाउनका कारण सफा भएको छ।

triton college

यसैगरी भारतकै गंगा नदी पनि सफा भएको छ। हिन्दूहरुको धार्मिक आस्थासँग जोडिएको गंगा नदी सफाइका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष अभियान नै चलाएका थिए। तर, पनि गंगा सफा हुन सकेको थिएन।

गुरुकुल कांग्री विश्वविद्यालयका पूर्व प्रोफेशर बीडी जोशी भन्छन्, ‘गंगा नदीको पानी खान योग्य जस्तै भएको छ।’ गंगासभाका महासचिव तन्मय वशिष्ठका अनुसार गंगामा अहिलेसम्म यस्तो सफा पानी देखिएको थिएन।

भारतको मात्रै होइन, अन्य केही देशका सहरहरुको नदी पनि सफा भएको छ।

गंगा नदी

तर, नेपालको राजधानी काठमाडौंको प्रमुख नदी बागमती भने लकडाउनमा झनै फोहर भएको छ। काठमाडौंको मुख्य क्षेत्रमा प्रवेश गर्ने जोरपाटी पुल नजिक बागमती नदी थोरै सफा देखिन्छ। तर, पशुपतिनाथ मन्दिरसम्म पुग्दा बागमतीको पानी कालो भएर जान्छ।

corrent noodles
Metro Mart

पशुपतिनाथ मन्दिरपछि अर्थात् तिलगंगाबाट बागमती अगाडि बढ्दा झनै फोहर देखिएको छ।

लकडाउनको अवधिमा विश्वका नदीहरु सफा भइरहेको बेला बागमती किन फोहर हुँदैछ त ? जोरपाटी पुल नजिकैको बागमती किनारमा रहेको एक आश्रममा बस्ने मोहन जोशी भन्छन्, ‘लकडाउन अघिसम्म बागमतीको पानीमा चाउचाउ, बिस्कुट र अन्य फोहोर पनि आउँथ्यो। अहिले त्यस्तो प्लाष्टिकका फोहोरहरु आएको छैन। तर, पानी सफा भएको छैन।’

उनका अनुसार पछिल्लो केही वर्षयता बागमतीमा झोलामा राखेर फोहोर फाल्ने क्रम भने कम भएको छ।

गुहेश्वरी मन्दिर अगाडि फूल बेच्ने श्याममाया खड्का भन्छिन्, ‘यो एरियामा ढलको पानी बागमतीमै मिसाइन्छ। झन् घर–घरबाट धेरै फोहोर पानी बागमतीमा आइरहेको छ अहिले त ।’

जोरपाटीदेखि बल्खुसम्म हेर्दा बागमतीमा कुनै पनि ठूलो कलकारखानाको फोहोर पानी मिसिएको छैन। अधिकांश स्थानमा घरको ढल बागमतीमा मिसाइएको छ। जसकारण लकाउनमा कलकारखाना बन्द हुँदा पनि बागमती सफा भएन।

लामो समयदेखि बागमती सफाइ अभियान चल्दै आएको छ। कतिपय स्थानमा बागमतीका किनार सफा देखिएको छ। गार्डेन पनि बनाइएको छ।

२०७५ साल भदौमा भएको बागमती महाजल यात्राका क्रममा सरकारका मन्त्रीहरुले अब केही दिनमै बागमतीको पानी नुहाउन योग्य बन्ने दाबी गरेका थिए।

बागमती सफाइ महाअभियान, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलगायतले बागमती सफाइ गर्दै आएका छन्।

प्रकाशित: Apr 22, 2020| 07:15 बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।