शनिबार, वैशाख ८, २०८१

मारमा किसान : न बिक्री भयो दूध, न पाए दाना

गोठमा चार वटा भैंसी र एउटा उन्नत जातको गाई। बिहान उठ्यो, भैंसी दोह्यो। घाम छिपिन नपाउँदै दुध बिक्री गर्‍यो। दिनभरी भैंसी चरायो। साँझ फेरि भैंसी दोह्यो।
 |  मंगलबार, वैशाख ९, २०७७

देव राना

देव राना

मंगलबार, वैशाख ९, २०७७

सुर्खेत – गोठमा चार वटा भैंसी र एउटा उन्नत जातको गाई। बिहान उठ्यो, भैंसी दोह्यो। घाम छिपिन नपाउँदै दुध बिक्री गर्‍यो। दिनभरी भैंसी चरायो। साँझ फेरि भैंसी दोह्यो। बराहताल गाउँपालिका-५ बड्डीचौरका रत्नलाल सुवेदीको दैनिकी हो यो। महिनाभरी दूध बेचेरै मासिक ८० हजार आम्दानी गर्छन् उनी। तर, कोरोना भाइसरका कारण उनको दैनिकी बिथोलिएको छ। लकडाउनका कारण उनले दूध बिक्री गर्न पाएका छैनन्। हिजोआज भैंसीको दूध पाडो र आफन्तलाई खुवाउने गरेका छन्। ‘न दुध नै बिक्री भयो, न त भैंसीलाई दान नै खुवाउन सकेँ’, सुवेदीले भने, ‘दाना खुवाउन नपाएर भैंसी पनि दुब्लाए, दुध पनि घटाए।’

triton college

सोही ठाउँका कृष्ण कँडेलले चैत ११ गतेदेखि दूध बेच्न पाएका छैनन्। ‘लकडाउनपछि वीरेन्द्रनगरका डेरीले दुध लिनै छोडे’, कँडेलले भने, ‘६० लिटर दुध खेरै गएको छ।’ नौं वटा गाईभैंसी पालेका कँडेलले दैनिक ६० लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको बताए। तर, लकडाउनका कारण उनले पनि दुध बेच्न पाएका छैनन्। सुवेदी र कँडेलमात्रै होइन बड्डीचौरका ६० घरधुरीले लकडाउनपछि दूध बेच्न पाएका छैनन्।

त्यहाँका हरेक किसानले भैंसीपालन गरेका छन्। विपन्न र आर्थिक रुपमा कमजोर परिवारलाई आत्मनिर्भर बनाउन गत वर्ष कर्णाली प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयले ६० वटा दुहुना भैंसी उपहार दिएको थियो। गाउँमा अहिले एकसय बढी दुहुना भैंसीहरु छन्। गाउँमा दैनिक ५ सय लिटर दुध उत्पादन हुन्छ। उत्पादित दूध सुन्द्वारी दुध उत्पादन समूहले बिक्री गर्दै आएको छ। तर, लकडाउनका कारण दूध बिक्री भएको छैन। कतिले आफन्त र साथीभाइलाई खुवाउने गरेका छन्। कतिपयले पाडा र गाईबाख्रालाई दिने गरेका छन्। भैंसीले दाना नपाउँदा उत्पादन घटाएको र भएको उत्पादन पनि बिक्री हुन छोडेको समूह सञ्चालन गरेका सिमलपानी पशु तथा कृषि सहकारीका अध्यक्ष अर्जुकुमार बुच्चामगरले बताए।

बड्डिचौर मात्रै होइन लकडाउनका कारण सुर्खेतका धरमपोखरा, पाम्का, गर्पन, बाबियाचौरलगायत ठाउँबाट दूध ढुवानी भएको छैन। दूधको खपत घटेको भन्दै वीरेन्द्रनगरका डेरीहरुले किसानको दूध ल्याउन मानेका छैनन्। होटल व्यवसाय, विद्यालयहरु बन्द हुँदा दुधको खपत घटेको डेरी व्यवसायीहरुले जनाएका छन्। ‘लकडाउनपछि ६० प्रतिशत दूध खपत घटेको छ’, नेपाल डेरी एसोसियसन कर्णाली प्रदेशका अध्यक्ष प्रेमप्रसाद रिजालले भने, ‘२५ हजार लिटर बढी दूध खपत हुने कर्णाली प्रदेशमा मुस्किलले १० हजार लिटर दुध खपत भएको छ। ग्रामिण भेगबाट दुध बजारमा आएको छैन। लकडाउनले सबै गाउँ फर्किएका छन्। वीरेन्द्रनगर रित्तो जस्तै भएको छ। खपत घटेपछि अहिले भ्याली बाहिरका किसानको दूध ल्याउनै सकिएको छैन।’

लकडाउन अघि दैनिक चारसय लिटर दूध बेच्ने वीरेन्द्रनगर–६ का दिनेशप्रसाद आचार्यले हिजोआज मुस्किलले दुईसय लिटर दूध बिक्री हुने गरेको बताए। लकडाउनपछि उनको डेरी सुनसान जस्तै छ। कोरोना भित्रने डरले गाउँबाट दूध ल्याउन उनले पाएका छैनन्। कर्णालीमा उत्पादित दुधले बजार धान्न नसकेपछि नेपालगञ्ज, बर्दियालगायतका जिल्लाबाट दूध आउनेगथ्र्यो। तर, लकडाउनका कारण कर्णालीमा उत्पादित दूधसमेत खपत भएको छैन। यता, कोरोनाको त्रासका कारण प्रदेश सरकारले बाह्य प्रदेशबाट दूध र दुग्धजन्य पदार्थ ल्याउन प्रतिबन्ध लगाएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले पनि बिहान सातदेखि नौं बजेसम्म मात्रै दुध ढुवानी गर्न पाएका छन्।

corrent noodles
Metro Mart

प्रकाशित: Apr 21, 2020| 15:13 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।