बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानमा लकडाउन प्रभावितलाई निःशुल्क भोजन

गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानमा लकडाउन प्रभावितलाई निःशुल्क भोजन

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानमा लकडाउनका कारण समस्यामा परेका सबै वर्गका लागि व्यवस्थित तथा सुरक्षित तरिकाले बिहान बेलुका निःशुल्क खाना खुवाउने क्रम जारी छ।
 |  मंगलबार, वैशाख ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०७७

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानमा लकडाउनका कारण समस्यामा परेका सबै वर्गका लागि व्यवस्थित तथा सुरक्षित तरिकाले बिहान बेलुका निःशुल्क खाना खुवाउने क्रम जारी छ। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, ६ र ८ का विभिन्न संघसंस्थाहरुले विपन्न वर्गकालाई यसरी निःशुल्क खाना खुवाएका हुन्।

triton college

अन्य वडाहरुमा पनि विपतमा परेकाहरुको सहयोगका लागि विभिन्न सामाजिक काम भइरहेका छन्। गोकर्णेश्वर–५ स्थित सुन्दरटोलका स्थानीयले दुई हप्ताको अवधिमा निरन्तर बिहान बेलुका गरी १० हजारलाई निःशुल्क खाना खुवाएका छन्।

लामो समय अघिदेखि समाजसेवामा क्रियाशील नयाँबस्ती युवा क्लबले पनि स्थानीय जनप्रतिनिधिहरुको सहयोग तथा समन्वयमा लकडाउनका कारण समस्यामा परेकाहरुलाई निःशुल्क खानाको व्यवस्था गरिरहेको छ ।

नारायणटार युवा क्लबले पनि गोकर्णेश्वर–६ स्थित चामुण्डा स्कुल परिसरमा निम्न आय भएका, ज्याला मजदुरी गर्ने वर्गलाई लक्षित गरी भोजनकोे व्यवस्था गरेको स्थानीय आकाश अर्यालले जानकारी दिए। नारायणटार आसपास ठूलो संख्यामा रहेका फरक क्षमता भएकाहरु समेत खाना खान चामुण्डा मावि पुग्ने गरेका छन् ।

गोकर्णेश्वर नगरपालिका–८ को पहल तथा वेशीगाउँ युवा समूह, छहारी युवा क्लब, अत्तरखेल युवा समाज, डाँडागाउँ टोल सुधार समिति र मासिक सय अभियान नेपाल संस्थाको सक्रियतामा वडाका विभिन्न स्थान दैनिक सयौंलाई खाना उपलब्ध गराउने व्यवस्था मिलाइएको स्थानीय राजेश दाहालले बताए।

corrent noodles
Metro Mart

यस अभियानमा स्थानीय दाताहरुले पनि लगातार सहयोग गरिरहेको दाहालको भनाइ छ । गोकर्णेश्वर नगरपालिका–६ स्थित गैरी गाउँ युवा समूहले पनि दिनहुँ सयौंलाई निःशुल्क भोजन गराइरहेको छ ।

गोकर्णेश्वर नगरपालिका–५ स्थित लोक कल्याणकारी युवा समूहले विन्दवासिनी मन्दिर पधेरापाखामा गरिबका लागि विहान एक छाक खाना खुवाउने कार्य गरिरहेको स्थानीय श्रीराम बरालले जानकारी दिए ।

यसरी निःशुल्क खाना खुवाउने अभियानमा स्थानीय निकायसँगै दाताहरु, विभिन्न संघसंस्थाहरु, टोल सुधार समिति, गुठी लगायतले सहयोग गरिरहेका छन् । यस नगरपालिकामा श्रमिक तथा फरक क्षमता भएको वर्गको संख्या निकै छ ।

एनसेलमा कार्यरत गोकर्णेश्वर–५ का स्थायी बासिन्दा इन्जिनियर विनोद बरालको पहलमा उक्त कम्पनीमा कार्यरतहरुको संस्था पोजिटिभ ग्रुपले लकडाउन प्रभावितहरुको लागि मात्र सहयोग गरिरहेको छैन, सडकमा भोकै हिँडिरहेका जनावरहरुलाई पनि खाना खुवाउने भएको छ ।

प्रकाशित: Apr 21, 2020| 14:43 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।