शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सीके राउत भन्छन् : गणतन्त्र र संघीयता समाप्त पार्न खाेजिँदैछ

सीके राउत भन्छन् : गणतन्त्र र संघीयता समाप्त पार्न खाेजिँदैछ

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारले अध्यादेश ल्याएर संघीयता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र गरिरहेकाे आराेप लगाएका छन्।
 |  मंगलबार, वैशाख ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०७७

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारले अध्यादेश ल्याएर संघीयता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र गरिरहेकाे आराेप लगाएका छन्। उनले यतिबेला अध्यादेश ल्याउनुको औचित्य नरहेको भन्दै सरकारको आलोचना गरे।

triton college

‘लकडाउनका बेला सरकारले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर गणतन्त्र र संघीयता समाप्त पार्ने षड्यन्त्र गरेको हो’, राउतले नेपाल समयसित भने, ‘सर्वसाधारण घरमा बन्दी भएका बेला सरकारले फाइदा उठाएको छ।’

राजनीतिक दल विभाजन प्रक्रिया सामान्य भएको दाबी गर्दै उनले यो कदमले संघीयतालाई नै समाप्त पार्न सक्ने बताए।

‘सरकारको यो कदमले संघीयता र गणतन्त्रका लागि पुनः आन्दोलन गर्ने वातावरण बनाएको छ’, उनले प्रश्न गरे, ‘संघीयता र गणतन्त्रकै लागि कतिपटक आन्दोलन गर्ने?’

प्रकाशित: Apr 21, 2020| 10:23 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।