बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट मृत्यु हुनेभन्दा निको हुनेको संख्या चार गुणा बढी, कुन देशमा कतिले जिते कोरोना ?

कोरोनाबाट मृत्यु हुनेभन्दा निको हुनेको संख्या चार गुणा बढी, कुन देशमा कतिले जिते कोरोना ?

विश्वलाई आतंकित बनाएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या भन्दा निको भएर घर फर्किनेको संख्या चार गुणा बढि छ ।
 |  मंगलबार, वैशाख ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०७७

काठमाडौं- विश्वलाई आतंकित बनाएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्याभन्दा निको भएर घर फर्किनेको संख्या चार गुणा बढी छ।

triton college

जाेन हपकिन्स विश्वविद्यालयका अनुसार मंगलबार बिहानसम्म विश्वमा कोरोना भाइरसबाट १ लाख ७० हजार २ सय ६१ जनाले ज्यान गुमाउँदा निको भएर घर फर्किनेको संख्या ६ लाख ४६ हजार ४ सय ३३ छ। यो मृत्यु हुनेभन्दा निको हुनेको संख्या करिब ४ गुणा बढी हो।

कोरोना निको हुनेहरुको संख्या सबैभन्दा धेरै जर्मनीमा छ। जहाँ अहिलेसम्म ९१ हजार ५ सय निको भएर घर फर्किएका छन्। जर्मनीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने ४ हजार ८ सय ६२ छ। यो भनेको मृत्यु हुने भन्दा निको हुनेको संख्या करिब १९ गुणा बढी हो।

यस्तै स्पेनमा कोरोना जित्नेको संख्या ८० हजार ५ सय ८७ पुगेको छ। जहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० हजार ८ सय ५२ छ।

चीनमा कोरोनाबाट ४ हजार ६ सय ३६ जनाको मृत्यु हुँदा निको हुनेको संख्या ७७ हजार ७ सय ७४ छ। यो मृत्यु हुने भन्दा कोरोना जित्नेको संख्या करिब १७ गुणा बढी हो।

corrent noodles
Metro Mart

अमेरिकामा ७ लाख ८६ हजार ६ सय ३८ जना संक्रमित भएका छन् भने ४२ हजार ३ सय ८ जनाको मृत्यु भएको छ। ७२ हजार ७ सय ४९ जना निको भएर घर फर्किएका छन्।

इरानमा कोरोनाबाट ५ हजार २ सय ९ जनाको मृत्यु भएको छ भने ५९ हजार २ सय ७३ जना कोरोनालाई जितेर घर फर्किएका छन्। मृत्यु हुनेभन्दा कोरोना जित्नेको संख्या ११ गुणाभन्दा बढी छ।

इटालीमा २४ हजार १ सय १४ जनाको कोरोनाबाट मृत्यु भएको छ भने निको भएर घर फर्किनेको संख्या ४८ हजार ८ सय ७८ छ।

छिमेकी मुलुक भारतमा कोरोनाबाट ५ सय ९२ जनाले ज्यान गुमाउँदा ३ हजार २ सय ७३ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

विश्वभर हरेक दिन कोरोना जितेर घर फर्किनेको संख्या २० देखि २५ हजारभन्दा बढी छ भने औसतमा कोरोनाबाट हरेक दिन ५ देखि ६ हजारले ज्यान गुमाइरहेका छन्।

सोमबार कोरोनाबाट ५ हजार ३ सय ६६ जनाको मृत्यु हुँदा २१ हजार २ सय ३० जना निको भएर घर फर्किएका छन्। यस्तै आइतबार ४ हजार ९ सय ८४ जनाले कोरोनाबाट ज्यान गुमाउँदा २८ हजार ६ सय १६ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

शनिबार ६ हजार ४ सय ३३ जनाको मृत्यु हुँदा २४ हजार ९ सय ९ जना कोरोना जितेर घर फर्किएका छन्।

प्रकाशित: Apr 21, 2020| 09:32 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।