शनिबार, वैशाख ८, २०८१

प्रदेश २ सरकारसँग वीरगञ्जका मेयर सरावगी रुष्ट

जनकपुरधाम– वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी प्रदेश सरकारसँग रुष्ट देखिएका छन् । आफ्नै पार्टीको नेतृत्वमा रहेको प्रदेश सरकारसँग मेयर सरावगी रुष्ट भएका हुन् ।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

जनकपुरधाम– वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी प्रदेश सरकारसँग रुष्ट देखिएका छन् । आफ्नै पार्टीको नेतृत्वमा रहेको प्रदेश सरकारसँग मेयर सरावगी रुष्ट भएका हुन् ।

triton college

सरावगीले कोरोना नियन्त्रण र गरिब परिवारलाई राहत वितरण गर्न प्रदेश सरकारले सहयोग नगरेको असन्तुष्टि पोखेका छन् । साथै उनले संघीय सरकारले समेत कुनै समन्वय नगरेको आरोप लगाएका छन् ।

वीरगञ्जमा सोमबार पत्रकार सम्मेलन गरेर मेयर सरावगीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना नियन्त्रणको नाउँमा टेस्ट किट दिनुबाहेक अन्य कुनै प्रभावकारी कदम नचालेको आरोप लगाए ।

‘वीरगञ्जमा तीनजना कोरोना संक्रमित देखिएपछि जनकपुर पुगेर मुख्यमन्त्रीलाई भेटेर छुट्टै कोभिड अस्पताल खोल्न आग्रह गरेँ,’ उनले भने, ‘तर, उहाँले खासै चासो देखाउनु भएको छैन, र्‍यापिड टेस्ट किटबाहेक केही सहयोग हामीले पाएका छैनौं ।’ अहिलेसम्म २५ लाख दिनबाहेक प्रदेश र संघीय सरकारले केही नदिएको उनले बताए ।

वीरगञ्जमा पीसीआर सञ्चालनमा नआउनु दुर्भाग्यपूर्ण रहेको बताउँदै उनले तत्काल सञ्चालन गर्न माग गरे । मेयर सरावगीले वीरगंजस्थित गण्डक अस्पताललाई कोभिड अस्पताल घोषणा गरेर नारायणी अस्पताललाई तत्काल जनरल अस्पताल बनाउनुपर्नेमा जोड दिएका छन् ।

corrent noodles
Metro Mart

वीरगंज महानगरभित्र हालसम्म १ हजार २०९ जनाको र्‍यापिड टेस्ट र ३२ हजार ४६९ परिवारलाई राहत वितरण भइसकेको उनले जानकारी दिएका छन् ।

 

प्रकाशित: Apr 20, 2020| 19:33 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।