शुक्रबार, वैशाख ७, २०८१

आफूखुसी राहत नबाँड्न सिद्धार्थनगरको निर्देशन

भैरहवा– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन भैरहवाको सिद्धार्थनगर नगरपालिकाले विभिन्न निर्णय गरेको छ। नगर प्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त बैठकका सहभागीहरुले राहत वितरणलाई एकद्वारबाट गराउन नगरपालिका सक्रिय हुनुपर्ने बताएका थिए।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

भैरहवा– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन भैरहवाको सिद्धार्थनगर नगरपालिकाले विभिन्न निर्णय गरेको छ। नगर प्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त बैठकका सहभागीहरुले राहत वितरणलाई एकद्वारबाट गराउन नगरपालिका सक्रिय हुनुपर्ने बताएका थिए।

triton college

बैठकमा उद्योग व्यपार संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारीले विपत व्यवस्थापन समितिले बारम्बार आफूखुसी राहत नबाँड्न आग्रह गर्दागर्दै पनि केही संघसंस्थाले आफूखुसी राहत बाँडिरहेको भन्दै आपत्ति जनाएका थिए।

उनले भने, ‘यो विपतको बेला पनि किन केही व्यक्ति तथा संस्थाहरुले मजाक गरिरहेका छन् । के उनीहरुले नगरपालिकाको समानान्तर सरकार चलाउन खोजेका हुन् ?’ अध्यक्ष भण्डारीले राहत दिन इच्छुकले नगरपालिकामा हस्तान्तरण गर्नुपर्नेमा त्यसो नगरी सामाजिक दूरीको बेवास्ता गर्दै मनपरी गरिरहेकोले तत्काल कानुनअनुसार त्यस्ता व्यक्ति तथा संस्थालाई कारबाही गर्नुपर्ने बताए ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद शर्माले यतिबेला सबै उद्योगी व्यवसायीले सरकारलाई सहयोग गरिरहेको बताए । शर्माले सुरक्षा सतर्कता सहित खाद्यान्नका गाडीहरु आउने वातावरण बनाउन जरुरी रहेको बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले बिहान साँझ पसल खोल्दा मान्छेहरुको भीड बढेकोले खाद्यान्न, डेरी, तरकारीको पसल दिउँसो खोल्दा ठीक हुने बताए । उनले राहत दिने संघसंस्थाले नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने पनि बताए ।

corrent noodles
Metro Mart

नेपाल बैंकर्स एसोसिएसनका रामराज उपाध्ययले यतिबेला भीडभाड हुने ठाउँहरुको पहिचान गरी त्यसलाई नियन्त्रण गर्नु जरुरी रहेको बताए । लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले लकडाउन कार्यान्वयन, राहत वितरण र बजारको सम्बन्धमा तत्काल अनुगमन जरुरी रहेको बताए ।

नेपाल रेडक्रसका प्रतिनिधि सञ्जिव शर्मा रेग्मीले क्वारेन्टाइन थप गर्नुपर्ने बताउँदै नगरमा कल सेन्टरको स्थापना जरुरी रहेको बताए । गैरसरकारी संस्थाकी प्रतिनिधि समीता मल्लले लकडाउनको कार्यान्वयनमा अझै कडाइ गर्नुपर्ने बताइन् ।

सो अवसरमा वडाध्यक्षहरुले वडाले बाँडेको राहतमा गरिब मान्छे नभएर मेरो मान्छे परेन भन्नेहरुले अनावश्यक विरोध गरिरहेको बताएका थिए । सिनपा ९ का वडाध्यक्ष शेषकान्त भन्डारी, ८ का अध्यक्ष राजनजंग राणा, ३ का अध्यक्ष थानेश्वर पौडेल, २ का अध्यक्ष दीपक थापा, ११ का अध्यक्ष दीलिप यादव, १० का अध्यक्ष विजय धवल, ५ का अध्यक्ष चेत बहादुर क्षेत्री, ७ का अध्यक्ष भीमसेन कर्माचार्यले वडाले गरिब तथा विपन्नको अभिलेख संकलन गरिरहेको बताउँदै उक्त कार्यमा सबैको सहयोग जरुरी रहेको बताए ।

बैठकमा नगर उपप्रमुख उमा काफ्लेले नगरपालिकाले १७४२ जना गरिब, श्रमिक र असहायलाई वडा वडामा पुगेर एक चरणको राहत वितरण गरिसकेको बताइन् । नगर प्रमुख हरि प्रसाद अधिकारीले कोरोनाजस्तो महाविपत्तिको विरुद्ध एकताबद्ध भएर लड्नुपर्ने बेला केहीकेहीले अनावश्यक टिप्पणी गर्नु दुखद् भएको बताए ।

 

प्रकाशित: Apr 20, 2020| 15:40 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।