शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भारतीय क्वारेन्टाइनमै आमाको किरिया बसेका भट्टलाई नेपाल ल्याइयो

भारतीय क्वारेन्टाइनमै आमाको किरिया बसेका भट्टलाई नेपाल ल्याइयो

लकडाउनका कारण भारतीय क्षेत्र धार्चुलामै आमाको किरिया बसेका एक नेपालीलाई आइतबार स्वदेश ल्याइएको छ।
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

काठमाडौं - लकडाउनका कारण भारतीय क्षेत्र धार्चुलामै आमाको किरिया बसेका एक नेपालीलाई आइतबार स्वदेश ल्याइएको छ।

triton college

दार्चुलाको शैलेशिखर नगरपालिका–१ का वासुदेव भट्टलाई दुई देशको समन्वयमा केहीबेर अघि नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।

डिएसपी दीपेन्द्र शाहीले भारतको क्वारेन्टाइनमै किरिया बसेका भट्टलाई केहीबेर पहिले नेपाल ल्याइएको जानकारी दिए। ‘दुवैतर्फका प्रहरीको सहयोगमा दत्तुस्थित झोलुंगे पुलको ढोका खोलेर भट्टलाई नेपाल प्रवेश गराइएको हो’, शाहीले भने, ‘जिल्ला अस्पतालमा स्वास्थ्य जाँचपछि उनलाई आजै घर पठाइने छ।’

नेपालतर्फबाट पहिले नै पहल भए पनि भारतीय पक्षले प्रक्रियागत ढिलाई गरेकोले भट्टलाई नेपाल ल्याउन केही ढिलाई भएको प्रहरीले जनाएको छ।

भट्ट लकडाउनमा भारतीय क्वारेन्टाइनमा भएको बेला उनकी आमाको केही दिन पहिले निधन भएको थियो। उनी क्वारेन्टाइनमै आमाको किरिया बसेका थिए।

प्रकाशित: Apr 19, 2020| 15:44 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।