शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमितको यस्तो छ 'ट्राभल हिस्ट्री'

उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमितको यस्तो छ 'ट्राभल हिस्ट्री'

नेपाल प्रवेश गरेसँगै उनीहरुले विराटनगरबाट सुरु गरेर पूवी तराईका मोरङ तथा सुनसरीका विभिन्न मस्जिदमा प्रवचन दिँदै हिँडेका थिए।
 |  शनिबार, वैशाख ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०७७

वैशाख ४ गतेसम्म एकजनामा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण नभएको प्रदेश १ मा शुक्रबार एकाएक १२ जनामा संक्रमण देखियो। उदयपुरको त्रियुगा नगरपालिका-३, भुल्केस्थित एक मस्जिदमा भेटिएका १२ जनामा कोरोना संक्रमण भएको थियो।

triton college

नगरपालिकाकी उपमेयर देवीकुमारी चौधरीका अनुसार उनीहरु नेपालमा लकडाउन सुरु हुनुअघि नै मस्जिदमा आएका थिए। चैत ११ गतेदेखि नेपालभर पूर्ण लकडाउन लागू गरिएको छ।

संक्रमण प्रमाणित भएकाहरुको यात्रा इतिहास उदयपुर प्रहरीले निकालेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख वीरबहादुर मगरका अनुसार उनीहरु नयाँदिल्लीबाट जोगबनी नाका हुँदै नेपाल प्रवेश गरेका थिए।

नेपाल प्रवेश गरेसँगै उनीहरुले विराटनगरबाट सुरु गरेर पूवी तराईका मोरङ तथा सुनसरीका विभिन्न मस्जिदमा प्रवचन दिँदै हिँडेका थिए। सप्तरीको बोदेबरसाइन, राजविराज, फत्तेपुर हुँदै यात्रा गरेका थिए उनीहरुले।

फागुन तीनदेखि पाँच गतेसम्म सप्तरीको वोदेबरसाइन नगरपालिका–५ जाँजरमा भएको नेपाल इतजमा नामक धार्मिक भेलामा पनि उनीहरु सहभागी थिए।

corrent noodles
Metro Mart

फत्तेपुरबाट उनीहरु उदयपुर छिरेको प्रहरी प्रमुख मगरको भनाइ छ। उनीहरू उदयपुरमा चैत ७ गते पुगेको प्रहरीले जनाएको छ।

लकडाउनअघि उनीहरु उदयपुरकै चौदन्डी नगरपालिकाको शिवाइस्थित एक मस्जिदबाट त्रियुगाको भुल्केस्थित मस्जिदमा पुगेका थिए। उपमेयर चौधरीका अनुसार उदयपुरको मस्जिद नजिकै नेपाली सेनाको क्याम्प छ। उनीहरुको कन्ट्याक ट्रेसिङ सुरु गरिएको प्रहरी प्रमुख मगरले बताए ।

प्रकाशित: Apr 18, 2020| 19:14 शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।