शुक्रबार जनकपुरको सडकमा पैसा फ्याँकेर भागेका दुईजना महिलामा कोरोना भाइरसको संक्रमण आशंका गरिएको छ। दुवैको द्रूत परीक्षण (आरडीटी) गर्दा पोजेटिभ देखिएको हो।
रिपोर्ट शंकास्पद देखिएपछि थप परीक्षणका लागि दुवैको स्वाब ल्याबमा पठाइएको छ। दुवैजनालाई आइसोलेसनमा राखिएको प्रशासनले जनाएको छ।
शुक्रबार दिउँसो एक बजेतिर जनकपुरधाम–४ महावीर चोकमा दुईजना महिलाले १० रुपैयाँको नोट फ्याँकेर भागेका थिए। नीलो र हरियो रङको साडी लगाएका उनीहरुले करिब सय मिटर दूरीसम्म सडक र पसलको छेउमा रुपैयाँ फ्यालेका थिए।
स्थानीयका अनुसार सडकमा पैसा किन फ्यालेको भनेर सोधेपछि दुवैजना पेठिया बजारतर्फ भागेका थिए। तीनचारजना मानिसले उनीहरुले फ्यालेको रुपैयाँ सडकबाट उठाएका थिए। त्यसपछि प्रहरीले उनीहरूकाे खाेजी गरेकाे थियाे।
याे पनि पढ्नुस् ः जनकपुरमा पैसा फ्याँकेर भागेका दुई महिला पक्राउ