शुक्रबार, वैशाख १४, २०८१

अपरिचित व्यक्तिको प्रवेश रोक्न वडा शील

जनकपुरधाम– कोरोनाको त्रास बढ्दै गएपछि अपरिचित व्यक्तिको प्रवेश रोक्न जनकपुरको एक वडा शील गरिएको छ ।
 |  शनिबार, वैशाख ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०७७

जनकपुरधाम– कोरोनाको त्रास बढ्दै गएपछि अपरिचित व्यक्तिको प्रवेश रोक्न जनकपुरको एक वडा शील गरिएको छ ।

triton college

कोरोना संक्रमितको संख्या बढ्नुका साथै सडकमा पैसा छर्ने घटना सार्वजनिक भएपछि जनकपुरधाम वडा नम्बर ३ का स्थानीयहरुले आफैले वडा शील गरेका हुन् ।

उनीहरुले वडाभित्र प्रवेश गर्ने सबै नाकामा ढाट लगाएर अपरिचित व्यक्तिलाई प्रवेश निषेध रहेको पोस्टर झुन्ड्याएका छन् । स्थानीयले अपरिचित व्यक्तिको आवतजावतमा रोक लगाएर कोरोनाबाट आफूपनि बचौं अरुलाई पनि बचाऔं सन्देशसहितको प्लेकार्ड ढाटमा लगाएका छन् ।

कोरोनाको सन्त्रास बढ्दै गएपछि वडावासीले अपरिचित व्यक्तिको प्रवेशलाई रोक्न यस्तो निर्णय गरेको वडाध्यक्ष दीपेन्द्र साहले बताए ।कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि वडालाई शील गर्ने निर्णय आफूहरुले गरेको उनले जानकारी दिए ।

उनले भने, ‘हिजो सडकमा पैसा छरेको घटना सार्वजनिक भएको छ, कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ, सम्भावित जोखिम नियन्त्रण गर्न वडा शील गर्ने निर्णय हामीले गरेका छौं,’ साहले भने ।

corrent noodles
Metro Mart

वडा शील गर्नेबारे शनिबार बिहान सुरक्षा अधिकारीलाई वडामै बोलाएर छलफलसमेत भएको साहले जानकारी दिएका छन् । ‘सुरक्षा अधिकारीसँग बसेर हामीले छलफल गरेका छौं, वडावासीलाई चाहिने अत्यावश्यक खाद्यान्नलगायतका कुरा वडाभित्रै उपलब्ध गराउने व्यवस्था गरिरहेका छौं,’ उनले भने,‘अपरिचित व्यक्तिलाई वडाभित्र प्रवेशमा रोक लगाउन शील गर्ने निर्णय भएको हो ।’

शुक्रबार उदयपुरको एक मस्जिदमा बसिरहेका मानिसहरुमा कोरोना संक्रमण पाइएपछि जनकपुरका स्थानीय थप त्रसित बनेका छन् ।

प्रकाशित: Apr 18, 2020| 11:51 शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।