कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २२ लाख ४० हजार नाघेको छ। बीबीसीका अनुसार मृतकको संख्या विश्वभर १ लाख ५४ हजारभन्दा बढी छ।
अमेरिकामा सबैभन्दा बढी ७ लाखभन्दा बढी संक्रमित छन् भने ३६ हजार ८ सयको मृत्यु भएको छ।
उता, इटालीमा २२ हजार ७ सय ४५ र स्पेनमा २० हजारभन्दा बढीको मृत्यु भएको छ।
भारतमा १४ हजार ३ सय ७८ संक्रमित छन् भने अहिलेसम्म ४८० जनाको मृत्यु भइसकेको छ।
नेपालमा संक्रमितको संख्या ३० पुगेको छ भने अहिलेसम्म कसैको मृत्यु भएको छैन।