बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • जनकपुरमा पैसा फ्याँकेर भाग्ने महिलाको तस्बिर सार्वजनिक

जनकपुरमा पैसा फ्याँकेर भाग्ने महिलाको तस्बिर सार्वजनिक

जनकपुरमा पैसा फ्याँकेर फरार महिलाको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ।
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

जनकपुरधाम- जनकपुरमा पैसा फ्याँकेर फरार महिलाको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ। जनकपुरधाम–४ महावीरचोकस्थित सडकमा शुक्रबार अपराह्न पैसा फ्याँकेर फरार दुई महिलाको तस्बिर प्रहरीले सार्वजनिक गरेको हो।

triton college

सीसीटीभी फुटेजबाट सार्वजनिक गरिएको तस्बिरमा एकजना महिलाले कपडाले मुख छोपेको देखिन्छ। एकजनाले पहेंलो र अर्कीले कालो रङको लुगा लगाएका छन्।

दुवै महिलाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए। ‘हामीले दुवै महिलाको तस्बिर सार्वजनिक गरेर खोजी कार्य तीव्र पारेका छौं। उनीहरु चाँडै नियन्त्रणमा आउनेछन्,’ कार्कीले भने ।

उनले कोरोना महामारी फैलिइरहेको मौका छोपेर उनीहरुले आमनागरिकबीच त्रास फैलाउन पैसा फ्याँकेको हुन सक्ने बताए।
प्रहरीले घटनास्थलबाट बरामद गरेको रुपैयाँको परीक्षण जनकपुरस्थित प्रादेशिक अस्पतालमा नहुने भएको छ। महिलाहरुले फ्याँकेको केही थान रुपैयाँ नियन्त्रणमा लिएर जाँचका लागि प्रादेशिक अस्पताल पठाइएको थियो।

तर, कागज कोरोना संक्रमित रहेको/नरहेको जाँच नेपालमा सम्भव नरहेको डीएसपी कार्कीले बताए।

corrent noodles
Metro Mart

‘प्रादेशिक अस्पताल जनकपुरमा रुपैयाँको जाँच नभएपछि अहिले हामीले आफ्नो जिम्मामा राखेका छौं,’ उनले भने, ‘जाँचको लागि बाहिर पठाउन समन्वय भइरहेको छ।’ दुई महिलाले पैसा फ्याँकेपछि सर्वसाधारण कोरोना फैलिने शंकामा त्रसित छन्।

याे पनि ः सडकमा पैसा फ्याँक्दै महिला भागेपछि जनकपुरका स्थानीय त्रसित

प्रकाशित: Apr 17, 2020| 19:24 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।