प्रदेश–१ मा बिहीबारसम्म गरिएको ८२६ जनाको ¥यापिड डाइगोनोस्टिक टेस्ट (आरडीटी) मध्ये एकजनाको रिपोर्ट मात्रै पोजेटिभ आएको थियो।
झापाको हल्दीबारीमा आरडीटीमा पोजेटिभ देखिएका एक जना पुरूषको पनि कोशी अञ्चल अस्पताल विराटनगरमा पीसीआरमा परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ।
ल्याबमा गरिने परीक्षण (पीसीआर) मा बुधबारसम्म जम्मा ३४१ जनाको नमुना परीक्षण भएको छ। जसमध्ये ६५ महिला र २७६ पुरुष छन्।
जसमध्ये ४९ महिला र २४३ पुरूषको रिपोर्ट नेगेटिभ आएको प्रदेश–१ को कोरोना सूचना डेस्कले जनाएको छ। परीक्षण गरिएका ५८ जनाको रिपोर्ट आउन बाँकी छ।