बिहीबार, वैशाख १३, २०८१

मुगुका एक जनाको डाइग्नोस्टिक टेस्ट रिपोर्ट पोजेटिभ

मुगुमा एक जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट रिपोर्ट पोजेटिभ देखिएको छ।
 |  बिहीबार, वैशाख ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०७७

सुर्खेत– मुगुमा एक जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट रिपोर्ट पोजेटिभ देखिएको छ।

triton college

सत्याड गाउँपालिका–५, का एक जनामा र्‍यापिड डाइगोनिस्ट टेस्ट रिपोर्ट पोजेटिभ देखिएको मुगुका सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीले जानकारी दिए।

“सत्याड गाउँपालिकामा आज र्‍यापिड टेस्ट गरेका थियौं, जसमध्ये एक जनामा पोजेटिभ देखियो,” ज्ञवाली भने, “टेस्ट रिपोर्ट पोजेटिभ देखिए पनि कोरोनाको लक्षण देखिएको छैन।”

गाउँपालिका अध्यक्ष उब्जनबहादुुर शाहीले टेस्ट रिपोर्ट पोजेटिभ देखिएकाको स्वाब परीक्षण गर्न केही दिन लाग्ने बताए।

“गाउँपालिकामा भोलि पनि र्‍यापिड टेस्ट गर्ने कार्यक्रम छ,” उनले भने, “भोलि पनि कसैमा एन्डीबडी पोजेटिभ देखिन सक्छ, त्यही भएर सबैको स्वाब पर्सि पठाउने कि भनेर छलफल भइरहेको छ।”

corrent noodles
Metro Mart

भौगोलिक विकटताका कारण पीसीआर टेस्ट (स्वाब परीक्षण)का लागि सुर्खेत पठाउन समस्या हुने उनको भनाइ छ। गाउँपालिकाले आज ५५ जनामा र्‍यापिड टेस्ट गरेको थियो।

इन्टिबडी पोजेटिभ देखिएका व्यक्ति रुपैडिहा नाका हुँदै चैत ७ गते गाउँ पुगेका थिए। आरडीटीले पोजेटिभ देखाए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको गाउँपालिकाले जनाएको छ। इन्टिबडी पोजेटिभ देखिएका व्यक्ति ५० वर्षमाथिका छन्।

प्रकाशित: Apr 16, 2020| 18:33 बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।