बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कार्यकर्तालाई जागिर खुवाउने समय होइन यो, सरकार गम्भीर बनोस् : कांग्रेस

कार्यकर्तालाई जागिर खुवाउने समय होइन यो, सरकार गम्भीर बनोस् : कांग्रेस

नेपाली कांग्रेसले सरकार जनताप्रतिको जिम्मेवारीबाट पन्छिएर कोरोना भाइरसको महामारीबीच पनि कार्यकर्तालाई विभिन्न आयोगमा भर्ती गरेर जागिर खुवाउन सक्रिय रहेकाे भन्दै आपत्ति जनाएको छ।
 |  बिहीबार, वैशाख ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०७७

काठमाडौं- नेपाली कांग्रेसले सरकार जनताप्रतिको जिम्मेवारीबाट पन्छिएर कोरोना भाइरसको महामारीबीच पनि कार्यकर्तालाई विभिन्न आयोगमा भर्ती गरेर जागिर खुवाउन सक्रिय रहेकाे भन्दै आपत्ति जनाएको छ।

triton college

प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गर्दै गम्भीर संकटका बेला पनि सरकार आफू निकटस्थको राजनीतिक व्यवस्थापनमा लागेको भन्दै विरोध गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, 'वर्तमान सरकार जनताप्रतिको जिम्मेवारीबाट पन्छिदै यस्तो गम्भीर एवं संकटको समयमा केही आयोग गठन गरी आफ्ना निकटस्थहरुलाई राजनीतिक व्यवस्थापन र जागिर खुवाउने मनसुवाबाट अगाडि बढेको देखिन्छ।' 

सोमबारको मन्त्रिपरिषदले भूमिसम्बन्धी समस्या समाधान आयोगलगायतमा केही नियुक्ति गरेको थियो। भूमिसम्बन्धी आयोगको अध्यक्षमा भरतपुर महानगरपालिकामा मेयरमा पराजित तत्कालीन एमालेका उम्मेद्वार देवी ज्ञवालीलाई नियुक्ति गरिएको छ।

कांग्रेसले सरकारलाई लकडाउनको उचित व्यवस्थापन गर्न नसकेको आरोप पनि लगाएको छ।

corrent noodles
Metro Mart

सरकारले संक्रमण न्यूनीकरण, रोकथाम तथा उपचारको व्यवस्थापनका लागि पर्याप्त समय पाउँदा पनि जनताको सुरक्षाका लागि आवश्यक तयारी गर्न नसकेको कांग्रेसको आरोप छ।

'स्वास्थ्य सामग्री र उपकरण खरिदको व्यवस्थापन गर्न नसक्नु सरकारको कमजोर क्षमता मात्र हैन, नियतमा नै खोट देखिन्छ।' विज्ञप्तिमा भनिएको छ।

लकडाउनका कारण श्रमिकहरु आफ्नो रोजगार गुमी आफ्नो घर पुग्नका लागि लामो पैदल यात्राबाटै हिँडिरहेको अवस्थाले सबै नेपालीलाई पीडा बोध भएको र उनीहरुको बसोवास तथा खानपिनको उचित व्यवस्थापनको जिम्मेवारीबाट सरकार पन्छिएको भन्दै कांग्रेसले खेद प्रकट गरेकाे छ।

प्रकाशित: Apr 16, 2020| 10:41 बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।