बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश ५मा ९४ जनाको नमुना परीक्षण, ८६ नेगेटिभ, ८ वटाको रिजल्ट आउन बाँकी

प्रदेश ५मा ९४ जनाको नमुना परीक्षण, ८६ नेगेटिभ, ८ वटाको रिजल्ट आउन बाँकी

प्रदेश ५ मा कोरोना भाइरस (कोभिड–१९) को आशंका लागेकाहरुको स्वाब परीक्षण शुरु भएको दस दिन पुगेको छ। यस अवधिमा प्रदेश नम्बर ५ मा ९४ नमुना संकलन भएका छन् ।
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

भैरहवा– प्रदेश ५ मा कोरोना भाइरस (कोभिड–१९) को आशंका लागेकाहरुको स्वाब परीक्षण शुरु भएको दस दिन पुगेको छ। यस अवधिमा प्रदेश नम्बर ५ मा ९४ नमुना संकलन भएका छन् ।

triton college

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा बुधबार दिउँसोसम्म प्रदेशका विभिन्न २४ अस्पताल तथा क्वारेन्टाइनले ९४ वटा नमुना परीक्षणका लागि पठाएका हुन् । त्यसमध्ये ८६ वटा नमुनाको परीक्षण भइसकेको छ । परीक्षण भएका सबै नमुनाको रिपोर्ट नेगेटिभ देखिएको छ भने ८ वटाको रिपोर्ट आउन बाँकी छ ।

बुधबारसम्म नेपालगन्ज मेडिकल कलेजबाट १६, महेन्द्रनगर बहुमुखी क्याम्पस क्वारेन्टाइनबाट १०, गाजा क्वारेन्टाइन नेपालगन्जबाट १० वटा नमुना परीक्षणको लागि आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले बताए ।

यसैगरी कोरोना विशेष अस्पताल बेलझुन्डी दाङबाट ९, कोरोना विशेष अस्पताल बुटवलबाट ६, नेपालगन्ज सीमा क्वारेन्टाइनबाट ५, त्रिभुवन मावि भुरीगाउँ क्वारेन्टाइन बर्दियाबाट ४, रेडक्रस भवन क्वारेन्टाइनबाट ४, प्यूठान अस्पतालबाट ४ जनाको नमुना परीक्षणको लागि आएको छ ।

यसैगरी बर्दिया अस्पतालबाट ३, युसीएमएस भैरहवाबाट ३ र लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ३ र लुम्बिनी मेडिकल कलेज पाल्पाबाट ३ जनाको नमुना परीक्षणको लागि आएको छ ।

corrent noodles
Metro Mart

यसैगरी बबई बहुमुखी क्याम्पस क्वारेन्टाइन बर्दियाबाट २, भेरी अस्पताल बाँकेंको २, भीम अस्पताल भैरहवाबाट २ जनाको नमुना परीक्षणको लागि आएको छ ।

यसैगरी कपिलवस्तु अस्पताल, मिसन अस्पताल पाल्पा, सैनामैना क्वारेन्टाइन रुपन्देही, श्री सेकेन्डरी हाइस्कुल क्वारेन्टाइन नेपालगन्ज, मिल्ट्री अस्पताल क्वारेन्टाइन नेपालगन्जबाट, अमरसहिद बहुमुखी क्याम्पस क्वारेन्टाइन बर्दियाबाट, लुम्बिनी सिटी अस्पताल र रुरु प्राथमिक उपचार केन्द्र गुल्मीबाट एक–एक जनाको नमुना परीक्षणको लागि आएको छ।

अहिलेसम्म संकलित नमुनामध्ये ८६ नमुना परीक्षण गरिएको छ । परीक्षण गरिएको सबै नमुनाको परिणाम नेगेटिभ आएको छ ।

डा. गिरीका अनुसार रिजल्ट आउन बाँकीमध्ये कोरोना विशेष अस्पताल बेलझुन्डी दाङबाट आएको नमुनामध्ये ४, प्यूठान अस्पतालको नमुनामध्ये २, लुम्बिनी सिटी अस्पताल र रुरु प्राथमिक उपचार केन्द्र गुल्मीबाट आएको नमुनामध्ये एक–एक गरी कुल ८ नमुनाको परीक्षण बाँकी छ ।

 

प्रकाशित: Apr 15, 2020| 20:50 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।