देशका विभिन्न स्थानमा चट्याङ तथा हावाहुरी सहित वर्षा गराउने बादल विकसित भइरहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
प्रदेश ५, गण्डकी प्रदेश, वाग्मती प्रदेश तथा प्रदेश १ का पहाडी भूभागमा मेघ गर्जन, चट्याङ तथा हुरीसहित वर्षा गराउने बादल विकसित भइरहेको विभागको भनाइ छ ।
अपरान्हदेखि काठमाडौं उपत्यकाको मौसममा पनि बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार साँझपख हावाहुरी चल्ने र हल्का वर्षा हुने सम्भावना छ।
स्थानीय वायुको प्रभावले मौसम बदली भएको हो।