काठमाडौं- सत्ता गठबन्धन दलका शीर्ष नेताहरू आज छलफलमा जुट्ने भएका छन्। मन्त्रिपरिषद् विस्तार सम्बन्धमा छलफल गर्न शुक्रबार बिहान ९ बजे बालुवाटारमा नेताहरूबीच छलफल हुने भएको हो।
सत्तारूढ पाँच दलका शीर्ष नेताहरू बिहान ९ बजे छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ।
नेताहरूको छलफल सकिए लगत्तै बिहान ११:४५ बजे मन्त्रिपरिषद् बैठक राख्ने कार्यक्रम तय भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।