शनिबार, वैशाख ८, २०८१

कोरोना परीक्षणका लागि तयार भयो वीर अस्पताल

आजदेखि (शुक्रबार) वीर अस्पतालले कोरोना भाइरसको नमुना परीक्षणका लागि तयार भएको छ। वीर अस्पतालका निर्देशक केदार सेन्चुरीका अनुसार कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न मिल्ने गरी अस्पतालको जेनेटिक प्रयोगशाला सञ्चालनमा ल्याइएको छ।
 |  शुक्रबार, चैत २८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २८, २०७६

काठमाडौं - आजदेखि (शुक्रबार) वीर अस्पतालले कोरोना भाइरसको नमुना परीक्षणका लागि तयार भएको छ। वीर अस्पतालका निर्देशक केदार सेन्चुरीका अनुसार कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न मिल्ने गरी अस्पतालको जेनेटिक प्रयोगशाला सञ्चालनमा ल्याइएको छ।

triton college

नेपाल समयसँग कुरा गर्दै निर्देशक सेन्चुरीले अस्पतालको ल्याब कोरोना परीक्षण गर्न तयार रहेको जानकारी दिए। उनले भने, ‘अस्पतालको ल्याब कोरोना परीक्षण गर्न तयार छ। हाम्रो ल्याब सञ्चालन गर्न कम्तिमा ५ वटा स्याम्पलको आवश्यकता पर्छ। ५ भन्दा थोरै स्याम्पल भएमा धेरै महंगो पर्न जान्छ। त्यसैले अहिले हामी नमुनाको पर्खाइमा छौं।’

अस्पतालको उक्त ल्याबमा तत्काल दुई सिफ्टमा गरी दैनिक ६० नमुना परीक्षण गर्न सकिने निर्देशक सेन्चुरीले बताए। पहिलेदेखि नै सञ्चालनमा रहेको मेसिनबाट कोरोना परीक्षण गर्न लागिएको हो। डा. सेन्चुरीका अनुसार रियल टाइम पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्न लागिएको हो।

अहिले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासहित देशका १० स्थानबाट पीसीआर प्रविधिबाट कोरोना भाइरसको परीक्षण भइरहेको छ। साथै आजबाट विराटनगर, पाटनलगायत विभिन्न स्थानमा पनि ठूलो क्षमताको पीसीआर जडान भई परीक्षण गर्न लागिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए।

प्रकाशित: Apr 10, 2020| 12:39 शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।