शनिबार, वैशाख ८, २०८१

प्रदेश २ : कोरोना उपचारमा खटिँदा ज्यान गए ५० लाख

कोरोना महामारीविरुद्ध रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मी र कर्मचारीको ज्यान गए परिवारलाई प्रदेश सरकारले एकमुष्ट ५० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।
 |  शुक्रबार, चैत २८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २८, २०७६

जनकपुरधाम- कोरोना महामारीविरुद्ध रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मी र कर्मचारीको ज्यान गए परिवारले एकमुष्ट ५० लाख रुपैयाँ राहत पाउने भएका छन्। 

triton college

प्रदेश २ सरकारकाे मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले कोरोना उपचारमा संलग्न कर्मचारी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सहयोगी स्वास्थ्यकर्मी वा अन्य कर्मचारी तथा पदाधिकारीलाई कोरोना संक्रमण भई मृत्यु भए पीडित परिवारलाई ५० लाख राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।

लकडाउनका कारण किसान पीडित भएको भन्दै बैंक, वित्तीय संस्था वा सहकारीबाट लिएको ऋणको ४ महिनाको ब्याज प्रदेश सरकारले तिरिदिने निर्णय बैठकले गरेको छ।

बैठकले कृषि कार्यका लागि लिएको ५ लाखसम्म ऋणमा अधिकतम १२ प्रतिशतसम्मको ४ महिनाको ब्याज प्रदेश सरकारले तिर्ने निर्णय गरेको हो।

पाँच लाखदेखि १५ लाखसम्मको ऋणमा १२ प्रतिशत सम्मको ब्याजदरमा ५० प्रतिशत, १५ लाखदेखि ३० लाखसम्मको ऋणमा ४० प्रतिशत र ३० लाखभन्दा बढीको ऋणमा कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा ब्याज तिरिदिने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए।

corrent noodles
Metro Mart

सबाहेक दूध, फलफूल, तरकारी, कुखुरा तथा माछामा राहत उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको छ।

प्रकाशित: Apr 10, 2020| 11:57 शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।