बिहीबार, वैशाख १३, २०८१

कारोनाका कारण सयौं खेल रद्द र स्थगित (सूचीसहित)

कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी असर अन्य थुप्रै क्षेत्रहरुजस्तै खेलकुदमा पनि परेको छ। कतिपय खेल बन्द रंगशालामा खेलाइएका छन्, कतिपय अर्को मितिमा गर्ने गरी स्थगित गरिएका छन् भने कतिपय खेल रद्द नै गरिएको छ।
 |  शुक्रबार, चैत २८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २८, २०७६

कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी असर अन्य थुप्रै क्षेत्रहरुजस्तै खेलकुदमा पनि परेको छ। कतिपय खेल बन्द रंगशालामा खेलाइएका छन्, कतिपय अर्को मितिमा गर्ने गरी स्थगित गरिएका छन् भने कतिपय खेल रद्द नै गरिएको छ।

triton college

कोरोनाको असर कुन खेलमा कस्तो पर्यो त ? हेरौं, बीबीसीले तयार गरेको सूची

अप्रिल ८
एथ्लेटिक्स – टोकियो ओलम्पिक सरेपछि विश्व एथ्लेटिक्स च्याम्पियनशिप २०२२ पनि एक वर्ष पछि धकेलिएको थियो। यसलाई अझैं तीन हप्ता पछि सारिएको छ।

७ अप्रिल
फर्मुला १ – मोन्टेरियलमा १४ जुनबाट सुरु हुने क्यानाडियन ग्राण्ड प्रिक्स स्थगित। यो स्थगित भएको नवौं रेस हो।
घोडा दौड – ६ जुनमा हुने तय भएको सिजनको पहिलो चार क्लासिक खेल स्थगित। रोयल एस्कोटको आयोजकले बोलाएको मिटिङ पनि नहुने।
ओलम्पिक – टोकियो २०२० को आयोजकले ओलम्पिक ज्वाला देखाउन बन्द गरेको छ।
टेबल टेनिस – अन्तर्राष्ट्रिय टेबल टेनिस फेडेरेसनले विश्व च्याम्पियनशिपको नयाँ मिति (२७ सेप्टेम्बरबाट ४ अक्टोबर २०२२) घोषणा।

६ अप्रिल
फुटबल – जर्मनी क्लब बायर्नले केही खेलाडी भेला गरेर ट्रेनिङ थालेको। कोरोनाका कारण खेल ३० अप्रिलसम्म स्थगित लिगमा उसले पहिलो पटक ट्रेनिङ थलेको थियो। समर ट्रान्सफर विन्डो सारिएको छ र सबै खेलाडीका सम्झौता जुन अन्तिम भन्दा पनि पछिसम्म रहने छ।
गल्फ – १६ बाट १९ जुलाईसम्म हुने १४९औं ओपन च्याम्पियनसिप रद्द। अप्रिलमा हुने भनिएको मास्टर्स अब नहुने भएको छ। यसको नयाँ मिति १२–१९ नोभेम्बर तोकिएको छ।
यूएस ओपनको पनि नयाँ मिति तय गरिएको छ। यूएस ओपन अब १७–२० जुलाईमा हुने छ।

corrent noodles
Metro Mart

५ अप्रिल
फुटबल – यूइएफए अध्यक्ष अलेक्जेन्डर केफरिनले सेप्टेम्बरमा पनि कोरोनाको जोखिम कम नभएमा यो सिजनको च्याम्पियन्स लिग र युरोपा लिग स्थगित हुने बताएका छन्।

३ अप्रिल
बक्सिङ – २० जुनमा हुने भनिएको एन्थोनी जोसुवाको कुब्रात प्युलेभविरुद्धको विश्व टाइटल डिफेन्स स्थगित।
क्रिकेट – न्युजिल्यान्डको महिला त्रिकेट टोलीको श्रीलंका भ्रमण रद्द।
सइक्लिङ – जुन ४–१४ मा हुने दी टूर डि सुस्से रद्द।
गल्फ – कोरोनाको जोखिम कम नभएसम्म एलपीजीएको कुनै भ्रमण नगरिने।
फुटबल – सुरक्षित अवस्था नआउन्जेलसम्म प्रिमियर लिग नगर्न लिगद्वारा स्वीकार।
टेनिस – कोरोना प्रभावित टेनिस भेन्यू, खेलाडी, प्रशिक्षक र अफिसियललाई २० मिलियन पाउन्डको प्याकेज एलटीएद्वारा घोषणा।

२ अप्रिल
फुटबल – बेल्जियन प्रो लिग रद्द। कोरोनाका कारण रद्द भएको यूरोपको पहिलो लिग हो बेल्जियन प्रो लिग। जसमा क्लब बर्गलाई विजेता बनाइएको छ।
गल्फ – ओपनका आयोजना स्थगन गर्न प्रस्ताव।
घोडा दौड – ब्रिटिस जम्प रेसिङ जुलाईसम्म स्थगित।
रुग्बी युनियन – प्रिमियरसिपमा न्युक्यास्टल फल्कोनको प्रोमोसन पक्का।

१ अप्रिल
बेसबल – मेजर लिग बेसबल रद्द। सेन्ट लुइस र सिकागो क्युबबीचको लन्डन सिरिज १३–१४ जुनमा लन्डनमा हुने।
फुटबल – सबै च्याम्पियन्स लिग र युरोपा लिगका खेल अर्को सूचना नआएसम्मका लागि स्थगित। यूइएफएले जुनसम्मका सबै अन्तर्राष्ट्रिय खेल स्थगित गरको थियो। मार्सेल्लीज सेनेगलका पूर्व अध्यक्ष पापे डिअउफको ६८ वर्षको उमेरमा निधन।
फर्मुला १ – ब्रिटिस ग्राण्ड प्रिक्सबारे अप्रिल अन्तसम्मा मात्र निर्णय लिने घोषणा।
टेनिस – दोस्रो विश्वकपपछि पहिलोपटक बिम्बल्डन प्रतियोगिता रद्द। यो प्रगियोगिता आगामी जुन २९ बाट १२ जुलाई सम्म हुने तय थियो।

३१ मार्च
फुटबल – इंग्ल्यान्डको नेसनल लिगका तीन डिभिजन अनिश्चितकालका लागि स्थगित।
स्नुकर – जुनमा हुने महिला विश्व च्याम्पियनसिप वर्षको अन्तिमसम्म स्थगित।

३० मार्च
बक्सिङ – डिलियन ह्वातीको रसियन एलेक्जेन्डर पोभेत्किविरुद्धको हेभिवेट फाइट जुलाइमा सर्यो। ब्रिटिस बक्सिङबोर्ड अफ कन्ट्रोलद्वारा मे अन्तिमसम्म सबै प्रतियोगिता स्थगित।
फुटबल – टोटेनहमले आफ्नो स्टेडियम कोरोनाभाइरसको उपचारका लागि उपलब्ध गराएको थियो।
गल्फ – मे २८ बाट ३१ सम्म हुने आइरिस ओपन स्थगित।
ओलम्पिक – टोकियो ओलम्पिक २३ जुलाई बाट ८ अगस्टसम्म २०२१ मा हुने घोषणा।
पारालम्पिक – २५ अगष्ट २०२० बाट सुरु हुने तय भएको पारालम्पिक एक वर्ष पछि सरेर अब २४ अगस्ट बाट ५ सेप्टेम्बर २०२१ मा हुने छ।

२९ मार्च
बास्केटबल – न्यु योर्क निकको अध्यक्ष जेम्स डोलानलाई कोरोनाको संक्रमण।
फुटबल – टिर्कीका शीर्ष खेलाडी एवम्र पूर्व गोलकिपर रुस्तू रेक्बेर पनि कोरोनाको संक्रमणमा।

२८ मार्च
फुटबल – युभेन्टसका खेलाडी र प्रशिक्षक माओरिन्हो सारी चार महिनाको तलब काट्न सहमत। यसले क्लबको ९० मिलियन यूरो बचाएको अनुमान गरिएको छ। म्यान्चेस्टर सिटीले इथायड स्टेडियम राष्ट्रिय स्वाथ्य सेवालाई प्रयोग गर्न दिइएको।

२७ मार्च
अमेरिकन फुटबल – एनएफएल ड्र तोकिएको मितिमै हुने। यो २३–२५ अप्रिलमा हुने तय भएको थियो। तर यसमा खेलाडी, दर्शक र मिडिया हुने छैनन््।
एथ्लेटिक्स – डाइमन्ड लिगको स्टकहोल्ममा सम्पन्न मिटिङबाट नेपल्स र राब्याटमा हुने खेल स्थगित।
बास्केटबल – खेलाडी डोनोभल मिचेल र रुडी गोबर्टलाई कोरोना संक्रमण पुष्टी।
गल्फ – महिलाको पांच खेलमध्ये एक ‘द इभियन च्याम्पियनसिप’ टोकियो ओलम्पिक २०२०ले खाली गरेको समयमा हुने।

२६ मार्च
अपांग खेल – २ बाट ७ जुनसम्म हुने भनिएको विश्व पारा एथ्लेटिक्स युरोपिन च्याम्पियनसिप २०२० स्थगित। प्रतियोगिता पोल्यान्डमा आयोजना गरिएको थियो।
फुटबल – एफएद्वारा तेस्रो डिभिजन मुनी रहेको सबै लिग स्थगित गर्न निर्देशन। उसले ती लिगमा कुनै प्रोमोसन र रेलिगेशन नहुने पनि बताएको छ।
मोटरस्पोटर्स – यूएसको महत्वपूर्ण खेल द इन्डी ५०० स्थगित। स्पेनिस ग्राण्ड प्रिक्स स्थगित।

२५ मार्च
डाइभिङ – २०२० को फिना डाइभिङ विश्व सिरिजको ब्रिटिस स्विमिङ रद्द।
फुटबल – जापानको जे लिग मेसम्म लम्ब्याइयो। ओल्ड ट्राफोर्डमा हुने भनिएको युनिसेफको सकरको उपचारको रकम उठाउने काम स्थगित।

२४ मार्च
साइक्लिङ – ६–७ जुनमा हुने पाचौं चरणको माउन्टेन बाइक विश्वकप रद्द।
अपांग खेल – टोकियोमा हुने पारालम्पिक खेल एक वषृका लागि स्थगित। अब २०२१को २५ अगस्टमा सुरु हुने।
गल्फ – इंग्ल्यान्ड र वेल्सको गल्फ कोर्स स्थगित।
ओलम्पिक – अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र जापानी सरकारले टोकियोद्वारा आलम्पिक २०२० एक वर्ष स्थगित गरिएको प्रतियोगिता २५ जुुलाईबाट गर्ने घोषणा।
रुग्बी – च्याम्पियन्स कप र च्यालेन्ज कपको सेमीफाइनल र फाइनल स्थगित।

२३ मार्च
बक्सिङ – अप्रिल अन्तिमसम्मको लागि ब्रिटिस बोर्ड अफ कन्ट्रोलद्वारा सबै बक्सिङ स्थगित।
फुटबल – ला लिगासहित स्पेनका सबै खेल अनिश्चितकालका लागि स्थगित। आइसिस फुटबल एसोसिएसनले उत्तरी आयरल्यान्डमा फुटबल खेल ३० अप्रिलसम्म स्थगित गरको थियो। यूईएफएद्वारा च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल खेल स्थगित।
फर्मुला १– अजरबैजानमा हुने भनिएको ग्राण्ड प्रिक्स स्गथित। यो आउंलो ७ मे बाट सुरु हुने तय थियो।
रुग्बी – अष्ट्रेलियको नेशनल रुग्बी लिग स्थगित।

२२ मार्च
फुटबल –म्यान्चेस्टर युनाइटेडका पूर्व मिडफिल्डर मारोउयानी फेलैनीमा कोरोनाको संक्रमण।
ओलम्पिक – आयोजनाको निर्णय गर्न अन्तराष्ट्रिय ओलम्पिक कमिटीले आफैंलाई चार हप्ताको समय दिएको थियो।

२१ मार्च
क्रिकेट – इंग्ल्याण्डमा हुने भनिएको आयरल्यान्ड र बंगलादेशबीचको ७ दिने खेल स्थगित।
फुटबल – साउथह्याम्टनको मुख्य कार्यकारी मार्टिन सेम्मेनस्ले भाइरेको संक्रमण नहटी खेलमा फर्कन सकिने बताएका थिए। रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जोको कोरोनाभाइरसका कारण मृत्यु। युभेन्टस र अर्जेन्टिनाका फरवार्ड पाउलो ड्याबलामा कोरोना भएको पुष्टी।
फर्मुला १ – विश्व च्याम्पियन लेविस हेमिल्टनले कोरोना संक्रमणका कारण आफू सेल्फ आइसोलेसनमा भएको बताएका थिए।
ओलम्पिक – यूएसए ट्रेक र फिल्ड, एथ्लेटिक्सको यूएसको निकायले टोकियो आलम्कि सार्न सुझा दिएको थियो। ब्राजियलयन ओलम्पिक कमिटीलेपनि यो वर्षको ओलम्पिक नगराउन सुझाव दिएको थियो।

२० मार्च
अक्वाटिक – युरोपियन अक्वाटिक च्याम्पियनसिप स्थगित।
क्रिकेट – ईसीबीद्वारा देशको क्रिकेट सिजन ढिलो सुरु हुने घोषणा।
रुग्बी युनियन – वेल्स रुग्बी युनियनले सबै लिग र कप प्रतियोगिता रद्द गरको थियो। आरएफयूले प्रिमियरसिम मुनिका सबै लिग स्थगित गर्न निर्देशन दिएको।

१९ मार्च
फुटबल – अप्रिल ३० सम्म इंग्लिस फुटबल स्थगित। बोरुसिया मोन्चेङग्ल्यान्डबीचको खेलाडी र प्रशिक्षकले पैसा काट्न सहमत। नाइजेरियाको फुटबल फेडेरेसनले आफ्नो सबै फुटबल खेलमा प्रबिन्ध लगाएको।
मेजर लिग सकर स्थगन १० मे सम्म बढाइएको। टुर्किस सुपर लिग स्थगित। यो स्थगन हुने अन्तिम युरोपिन लिग थियो।
फर्मुला १ – मोनाको ग्राण्ड प्रिक्स रद्द। र डचर स्पेनिस ग्राण्ड प्रिक्स पनि स्थगित।

१८ मार्च
एथ्लेटिक्स – यूकेका ६७५ सबै युके पर्करुन प्रतियोगिता स्थगन गरिएको थियो।
क्रिकेट – ईसीबीले सबै फर्मका क्रिकेट स्थगन गर्न निर्देशन्।
फुटबल – एसिया फुटबल फेडेरेसनले एएफसी कप टुर्नामेन्ट र दोस्रो टायरकाको क्लब प्रतियोगिता स्थगित गरेको थियो। लालिगा क्लब डिपोर्टिभो अल्बेजले १५ कर्मचारीसहित तीन खेलाडीलाई कोरोना लागेको बताएको थियो।
जिमन्यास्टिक – कलात्मक जिमन्यास्टिकका खेलाडीको टोकियोमा हुने भनिएको अलराउन्ड विश्वकप इभेन्ट रद्द।
घोडा दौड – बन्द ढोकाभित्र आयरल्यान्डमा दौड सम्पन्न।
मोटर्सपार्ट – २४ घण्टे द लि मान्स स्थगित। द इन्डी ग्राण्ड प्रिक्स पनि स्थगित।
टेनिस – ७ जुनसम्म एटीपी र डब्लूटीएद्वारा सबै खेल स्थगित।
ट्रायाथलन – ब्रिटिस ट्रायाथलनले जुन ६–७ मा हुने लिड्न ट्रायाथलन स्थगित गरिएको घोषणा।

१७ मार्च
एथ्लेटिक्स – कतार मा चीनमा आयोजित तीन भेट डाइमन्ड लिगद्वारा स्थगित। एथ्लेटिक्सका क्लब प्रशिक्षण सिजन, घटना, प्रतियोगिता, क्लब कमिटी र फेस टू फेस बैठक, एथ्लेटिक्स क्याम्प, रनिङ स्थगित।
क्रिकेट – इंग्ल्यान्ड क्रिकेटर एलेक्स हालेस सेल्फ आइसोलेसनमा। सेमीफाइनलको दिन पाकिस्तानको सुपर लिग स्थगित।
फुटबल – यूरो २०२० एक वर्ष स्थगित। टोकियो ओलम्पिकका लागि क्यामरुन र चिलीको दुई लिग प्ले अफ खेल स्थगित। अफ्रिका नेसन्स च्याम्पियनसिप स्थगित।
जिमन्यास्टिक – पेरिसमा अप्रिलको अन्तिममा आयोजना गरिएको महिलाको युरोपिन च्याम्पियनसिप र बाकुमा हुने पुरुषको प्रतियोगिता स्थगित।
टेनिस – फ्रेन्च ओपन सेप्टेम्बरसम्म स्थगित।

१४ मार्च

एथ्लेटिक्स– सोमबार नयाँ मिति सार्वजनिक गर्ने भनेर २४ मे बाट सुरु हुने भनिएको एडिसन्बर्ग म्याराथन स्थगित
बक्सिङ– २१ मार्चमा गर्ने भनिएको विश्व बक्सिङ सुपर सिरिजका खेल १६ मेबाट हुने
क्रिकेट– अष्ट्रिेलिया र न्युजिल्यान्डको एकदिवसीय फाइनल खेल रोकिएको छ। खेल २१ मार्चमा हुने तय थियो।
कर्लिङ– ग्लसबर्गमा आयोजित विश्व कर्लिङ च्याम्पियनसिप २०२० रद्द

फुटबल– अर्को सूचना जारी नभएसम्म मेरक्कोमा कुनै फुटबल खेल नहुने, नेसन्स लिगका पाँच खेल स्थगित
बार्नेट क्लबका खेलाडीमा कोरोनाको संक्रमण देखिएपछि बार्नेट क्लबको स्क्वाड सेल्फ आइसोलेसनमा। ३१ मार्चमा हुने भनिएको जर्मन र इटालीको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल पनि स्थगित
घोडा दौड– इंग्ल्यान्डमा घोडा दौड प्रतियोगिता सञ्चालन गर्नका लागि आवश्यक सबै सुरक्षाका उपाय अबलम्बन गरिने।

मोटरस्पोर्ट– ‘कुकस्टोन सय’ मोटर स्पोर्टसका खेल सारियो। ११ र १२ सेप्टेम्बरमा गर्न सम्बन्धित निकायलाई सहभागी टिमको आग्रह।
नेटबल– सुपरलिगको १६ मार्चमा आयोजना हुने खेल बन्द रंगशालामा हुने
रुग्बी– सुपर रुग्बीमा साउथर्न हेमेस्पियर क्लब कम्पिटिसनका खेल स्थगित
ट्रायाथलन– अन्तर्राष्ट्रिय ट्रायाथलन युनियनले ३० अप्रिलसम्म सबै खेल रद्द गरेको छ।

१३ मार्च
एथलेटिक्स– लन्डन म्याराथन ४ अक्टोबरमा सारियो।
ब्याडमिन्टन– १६ मार्चदेखि १२ अप्रिलसम्मका विश्व ब्याडमिन्टन फेडेरेसनको विश्व टुर रद्द।

क्रिकेट– इंग्ल्यान्डको श्रीलंकासँगको सिरिज स्थगित। भारत–दक्षिण अफ्रिका सिरिज पनि स्थगत।
पाकिस्ताको सुपर लिग प्ले अफका अन्तर्राष्ट्रिय खेलाडी स्वदेश फिर्ता। इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु हुन ढिलाइ।
लिग–२ को स्कटल्यान्डको यूएसए र यूएईसँगको शृंखला स्थगित
साइक्लिङ– इटालीमा हुने ‘मायाज गिरो डि इटालिया’ स्थगित। इंग्ल्यान्डमा हुने ६ दिने म्यान्चेस्टर साइक्लिङ पनि रद्द। पेरिस निसको फाइनल साइक्लिङ खेल रद्द।

फुटबल– एफए, प्रिमियर लिग, इएफएल र बाक्र्लेज एफए वुमेन्स सुपर लिगका खेल अप्रिल ३ सम्म रद्द। स्कटिस फुटबल प्रतियोगिता अर्को सूचना जारी नभएसम्म स्थगित। वेल्सका घरेलु फुटबल पनि स्थगित।

अफ्रिका कप अफ नेसनका पुरुष र महिलाका क्वालिफायर खेल स्थगित। बर्नमाउथका गोलकिपर अर्थुर ब्रोस सेल्फ आइसोलेसनमा।
चेल्सीका पुरुष खेलाडी सेल्फ आइसोलेसनमा। एभर्टोनका टिम स्टाफ र कोच पनि सेल्फ आइसोलेसनमा।
यूईएफएद्वारा १७ र १८ मार्चका सबै खेल स्थगित। फ्रान्सले लिग वान र लिगका टुका सबै खेल स्थगित गर्यो।
फर्मुला वान– सुरु हुन लागेको सिजन नै स्थगित।

गल्फ– ९ अप्रिलमा तय भएको मास्टर्सको प्रतियोगिता स्थगित। फ्लोरिडामा हुने भनिएको खेलाडी च्याम्पियनसिप एक चरण पछि रद्द।
जिम्न्यास्टिक– अजरबैजानमा हुने भनिएको अपारटस विश्वकप रद्द।
हक्की– १५ अप्रिल अघिका प्रो लिगका सबै खेल स्थगित।
मोटरस्पोर्टस– २ महिनाका लागि फर्मुला इ स्थगित।
स्क्वास– प्रोफेसनल स्क्वास एसोसिएसनको अप्रिलसम्मको सबै भ्रमण रद्द।

१२ मार्च
बास्केटबल– अर्को सूचना जारी नभएसम्म एनबीएका खेल स्थगित। १३ मार्च पछिका बास्केटबल अन्तर्राष्ट्रिय बास्केटबल एसोसिएसनदरा स्थगित।
क्रिकेट– अष्ट्रेलिया र न्युजिल्यान्डका तीन एक दिवसीय खेल बन्द रंगशालामा। अष्ट्रेलियाको महिला टोलीको दक्षिण अफ्रिका भ्रमण रद्द।
गल्फ– पीजीएद्वारा प्लेयर च्यम्पियनसिपमा दर्शकको उपस्थितिमा बन्देज ।

फुटबल– यूईएफएद्वारा आपतकालिन बैठक आह्वान। २०२२ विश्वकपको कोन्मेबोल क्वालिफायर स्थगित।
आर्सनलका मेनेजर मिकेल कोरोना संक्रमित।

रियल मड्रिड र म्यान्चेस्टर सिटीको खेल स्थगित। रियलको बास्केटबल खेलाडीमा कोरोना संक्रमण देखिएको। ला लिगाको अन्तिमको दुई राउन्ड स्थगित। डेनिस फुटबल एसोसिएसनले अको सूचना जारी नभएसम्म सबै फुटबल खेल रद्द गरेको। युभेन्टसका १२१ खेलाडी सेल्फ आइसोलेसनमा।

फर्मुला वान– अष्ट्रेलियामा हुने सिजनको ओपनिङ रद्द।
टेनिस– टेनिस प्रोफेसनल एसोसिएसनद्वारा ५ हप्ताका लागि टेनिस प्रतियोगिता स्थगित। मायामी ओपन टेनिस रद्द। २० अप्रिलसम्म विश्वका कुनै प्रोफेसनल टेनिस प्रतियोगिता नगर्न एसोसिएसनको आग्रह।

११ मार्च
बास्केटबल– एनबीएका खेल बन्द रंगशालामा। यूएसको सबै बास्केटबल प्रतियोगिता बन्द मैदानमा सम्पन्न।

फुटबल– म्यानचेस्टर सिटी र आर्सनलको खेलर स्थगित। इटालीका डिफेन्डर रुवानीमा कोरोना संक्रमणको पुष्टि। युरोपा लिगका २ खेल स्थगित। कतारमा हुने भनिएको चार टीम (बेल्जियम, पोर्चुगल, क्रोएसिया र स्विजरल्यान्ड) खेल रद्द।
फ्रेन्च लिग र स्पेनिस लिग कपको फाइनल स्थगित।

फर्मुला वान– ह्याज फर्मुला वानका दुई सदस्य सेल्फ आइसोलेसनमा।
जिम्न्यास्टिक– अन्तर्राष्ट्रिय जिम्न्यास्टिक फेडेरेसनद्वारा तीन विश्वकप खेल स्थगित।
तेक्वान्दो– ७ बाट १० मेसम्म हुने युरोपियन सिनियर च्याम्पियनसिप स्थगित। मस्कोमा हुने भनिएको युरोपियन ओलम्पिक र पारा तेक्वान्दो क्वालिफायर्स स्थगित।

टेनिस– फेड कप फाइनल स्थगित।
फुटबल– सिरी ए को सिजन ब्रेक हुन सक्ने इटालियन फुटबल फेडेरेसनको भनाइ। चेल्सी र बायर्नको खेल बन्द रंगशालामा। म्यान्चेस्टर युनाइटेड र लाक्सको खेल पनि बन्द रंगशालामै।
युरो प्लेअफमा आयरल्यान्ड र स्लोभाकियाको खेल बन्द रंगशालामा हुने।

जापान, जर्मन, पोल्यान्ड र स्पेनका शीर्ष डिभिजनको खेल पनि बन्द रंगशालामै।
टेबल टेनिस– जापानमा भइरहेको जापान ओपन टेनिस वर्षको अन्त्यमा गर्न अन्तर्राष्ट्रिय टेलब टेनिस फेडेरेसनको निर्देशन।

९ मार्च
तीन अप्रिलसम्म इटालीका सबै खेल गतिविधि स्थगित।
बेसबल– जापानमा सुरु हुन लागेको बेसबल लिग स्थगित।
बक्सिङ– विश्व बक्सिङ एसोसिएसनको विश्व लाइटवेट टाइटल स्थगित।
साइक्लिङ– पेरिस निस रेसमा दर्शकले प्रवेश नपाउने।

फुटबल– युरोपा लिगका खेल बन्द रंगशालामा। रोमानियाका सबै खेल बन्द रंगशालामा गर्न रोमानिया फुटबल फेडेरेसनको निर्देशन।
एसियान क्वालिफायर्सका खेल स्थगित। पीएसजी र डर्टमन्डका खेल बन्द रंगशालामा।
जुडो– अप्रिल अन्त्यसम्म जुडोका सबै प्रतियोगिता रद्द।
टेनिस– ग्रान्ड स्लाम पछिको विश्वकै चर्चित इन्डियन वेल्स दुई दिनअघि रद्द।

८ मार्च
देशभित्र दुई हप्तासम्म हुने कुनै पनि खेलमा दर्शकको प्रवेश बन्द गर्न ग्रिक सरकारको निर्देशन।
फुटबल– युईएफएद्वारा प्रि म्याच ह्यान्डसेकमा बन्देज। बुल्गेरियन लिगका दुई राउन्ड दर्शक बेगरै खेलाइने निर्णय।
फर्मुला वान– २० बाट २२ मार्च सम्म हुने बहराइन ग्रान्ड फिक्समा दर्शकलाई प्रवेश नदिइने।

७ मार्च
एथ्लेदिक्स– बार्सिलोना म्याराथन २५ अक्टोबरसम्मका लागि स्थगित।

६ मार्च
साउदी सरकारद्वारा खेलकुदमा दर्शकको उपस्थितिमा बन्देज।
एथ्लेटिक्स– विश्व एथ्लेटिक्सको हाफ म्याराथन १७ अक्टोबरसम्म स्थगित।
फुटबल– पीएसजीको खेल स्थगित।

गल्फ– केन्या ओपन गल्फ प्रतियोगिता स्थगित।
जिम्न्यास्टिक– १८ बाट २१ मार्चमा कतारमा जिम्न्यास्टिक विश्वकप बन्द रंगशालामा हुने।
स्किङ– इटालीमा आयोजित अल्पाइन स्किङ विश्वकप फाइनल रद्द।

मार्च ५
एथ्लेटिक्स– २९ मार्चमा हुने रोम म्याराथन स्थगित।
फुटबल– भ्यालेन्सिया र एटलान्टाको खेल बन्द रंगशालामा। प्रिमियर लिगद्वारा खेलाडीले हात मिलाउने कार्यमा बन्देज। मोरक्कोका सबै खेल बन्द रंशालामा गराउने निर्देशन।

गल्फ– थाइल्यान्डमा तय भएको रोयल कप स्थगित।
तेक्वान्दो– युरोपियन ओलम्पिक र पारालम्पिक तेक्वान्दो क्वालिफिकेसन मिलानबाट मस्कोमा सारियो। १७ मार्चबाट १९ मार्चसम्म हुने।

४ मार्च
ब्याडमिन्टन– एसियन च्याम्पियनसिप चीनबाट फिलिपिन्समा सारिएको।
बास्केटबल– बास्केटबल अफ्रिका लिग स्थगित।

फुटबल– इटालीका खेलमन्त्रीद्वारा बन्द रंगशालामा खेल गराउने प्रस्ताव।
ओलम्पिक– अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस ब्याचले ओलम्पिक रद्द हुने कुरा सम्भव नभएको बताएका थिए।

३ मार्च
अपाङ्गता भएका मानिसको खेल– विश्व सुटिङ पारा स्पोर्टस विश्वकप रद्द। जापान पारा व्हिलचेयर रुग्वी च्याम्पियनसिप टेस्ट रद्द।
फुटबल– दोस्रो लेगको इटालियन कपको युभेन्टस र एसी मिलानको खेल स्थगित।

जुडो– अन्तर्राष्ट्रिय जुडो फेडेरेसनद्वारा मोरक्कोमा हुने ग्रान्ड प्रिक्स रद्द।
टेनिस– च्यालेन्जर भ्रमणको सेकेन्ड टायर एटीपीद्वारा रद्द।

२ मार्च
क्रिकेट– आयरल्यान्ड वुमेन्सको थाइल्यान्ड क्रिकेट भ्रमण रद्द।
फुटबल– स्वीस फुटबल लिग स्थगित।
मोटरस्पोर्ट– मोटोजीपीको दोस्रो सिजनका खेल रद्द।

१ मार्च
फुटबल– सिरी ए को साम्पोर्डिया र वेरोनाको खेल स्थगित।

मोटर स्पाेर्टस– कतारमा हुने भनिएको मोटोजीपीको ओपनिङ रद्द।

२९ फेब्रुअरी
फुटबल- सिरी ए का पाँच खेल हप्तान्तमा सारिएको।

ट्रायाथलन– विश्व ट्रायाथलन सिरिजको खेल स्थगित।

२६ फेब्रुअरी
आयरल्यान्ड र इटालीको रुग्वी खेल स्थगित।
स्कटिङ विश्व ट्रेक स्पिड स्केटिङ च्याम्पियनसिप रद्द।

२५ फेब्रुअरी
फुटबल– जापानको जे गिल स्थगित। सिरी एको पांँच खेल बन्द रंगशालामा गर्ने लिग समितिको निर्णय।

२१ फेब्रुअरी
फुटबल– चीनको २०२२ विश्वकप क्वालिफायरको खेल मार्चमा सारिएको र बन्द रंशगशालामा गराइने। दक्षिण कोरियाको के लिगका खेल स्थगित।
टेबल टेनिस– टेबल टेनिस विश्व च्याम्पियनसिपको दक्षिण कोरियामा गर्ने भनिएको खेल स्थगित।

१८ फेब्रुअरी
बिच भलिबल– याङझउमा हुने तय भएको बिच भलिबल स्थगित।

१७ फेब्रुअरी
बास्केटबल– फिबा एसिया कप बास्केटबल क्वालिफाइङ खेल स्थगित।

गल्फ– मेबैंक च्याम्पियनसिप र भोल्भो चाइना ओपन स्थगित।

१२ फेब्रुअरी
फर्मुला वान– चीनको संघाइमा आयोजित ग्रान्ड प्रिक्स स्थगित। नयाँ मिति तोकिएको छैन।

गल्फ– प्रोफेसनल गल्फ एसोसिएसनको चीन भ्रमण स्थगित। यसको २०२० क्याम्पमा पनि दुई महिनाको ढिलाइ भएको।

११ फेब्रुअरी
फुटबल– एसियन फुटबल कन्फेडेरेसनद्वारा इस्ट जोनको एएफसी कप अप्रिलसम्मका लागि स्थगित।

७ फेब्रुअरी
फुटबल– भियतनाममा फेब्रुअरीका सबै खेल गतिविधिमा रोक। जसका कारण एएफ सीको ग्रुपको एक खेल अन्तै सारिएको।
हक्की– चीन र अष्ट्रेलियाबीच हक्की प्रो लिगका खेल स्थगित।

४ फेब्रुअरी
फुटबल– चिनियाँ क्लबहरुको सहभागिता रहेको एसियन च्याम्पियनसिप लिग खेल अप्रिलसम्म स्थगित।

१ फेब्रुअरी
ब्याडमिन्टन– चिनियाँ मास्टर्स प्रतियोगिता स्थगित।

२९ जनवरी
एथ्लेटिक्स– विश्व एथ्लेटिक्स इन्डोर च्याम्पियनसिप अर्को वर्षसम्मका लागि स्थगित।
फुटबल– चिनियाँ वुमेन्स राष्ट्रिय टोलीको दक्षिण कोरियासँगको ओलम्पिक क्वालिफाइङ प्ले अफको खेल सिड्नी क्वारेन्टाइनमा गरिएको

२६ जनवरी
टेनिस– अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन एसियन–ओसियान फेड कप ग्रुप एक आयोजना चीनमा गरिएको थियो। ताइवान, इन्डोनेसिया, दक्षिण कोरिया र उज्वेकिस्तान सम्मिलित आयोजनाको कोहोस्ट काजकिस्तानले आयोजना गर्न अस्वीकार गरेपछि प्रतियोगिता युएईमा सारेर पुनः तालिका बनाएर गरिएको थियो।

२२ जनवरी
बक्सिङ– अन्तराष्ट्रिय ओलम्पिक कमिटीले चीनको वुहानमा आयोजना गरेको ओसियन ओलम्पिक क्वालिफायर रद्द गरिएको थियो। त्यो खेल मार्च ३ बाट ११ सम्म आयोजना गरिएको थियो।

फुटबल– ओलम्पिक वुमेन्स क्वालिफायर टोली चीनको वुहानबाट नान्जिङ गएको। पछि त्यही टोली सिड्नीमा क्वारेन्टाइनमा बसेको थियो।

माथि उल्लेखितबाहेक अन्य पनि धेरै खेल कोरोनाका कारण प्रभावित बनेका छन्। फर्मुला इ, रुग्वी, मोटर स्पोर्टलगायत अन्य धेरै खेल स्थगित भएका छन्।

प्रकाशित: Apr 10, 2020| 08:46 शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।