शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा द्रुत प्रविधिबाट पाँच हजारको कोरोना परीक्षण

कर्णालीमा द्रुत प्रविधिबाट पाँच हजारको कोरोना परीक्षण

सुर्खेत– आज (शुक्रबार) बाट कर्णाली प्रदेशमा कोरोना भाइरसको र्‍यापिड टेष्ट हुने भएको छ । कोरोना परीक्षणको लागि सुर्खेतस्थित कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको प्रयोगशालाले आरटी–पीसीआर (रियल टाइम पोलिमरेज चेन रियाक्सन) मेसिन परीक्षणको भार थेग्न नसकेपछि र्‍यापिड टेष्ट प्रविधि अपनाउन थालिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
 |  शुक्रबार, चैत २८, २०७६

देव राना

देव राना

शुक्रबार, चैत २८, २०७६

सुर्खेत– आज (शुक्रबार) बाट कर्णाली प्रदेशमा कोरोना भाइरसको र्‍यापिड टेष्ट हुने भएको छ ।

triton college

कोरोना परीक्षणको लागि सुर्खेतस्थित कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको प्रयोगशालाले आरटी–पीसीआर (रियल टाइम पोलिमरेज चेन रियाक्सन) मेसिन परीक्षणको भार थेग्न नसकेपछि र्‍यापिड टेष्ट प्रविधि अपनाउन थालिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पहिलो चरणमा ५ हजार जनाको र्‍यापिड टेष्ट गरिने कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारी जोसीले जानकारी दिइन् । ‘कोरोना परीक्षणका लागि ५ हजार किट कर्णालीमा आइपुगेको छ, पहिलो चरणमा ५ हजार जनाको मात्रै र्‍यापिङ टेष्ट गर्छौँ,’ भण्डारीले भनिन्, ‘र्‍यापिड र पीपीआर प्रविधिबाट आशंका गरिएका सबैको परीक्षण सकिएन भने थप किट ल्याएर र्‍यापिड टेष्ट गर्छौँ।’

कर्णाली प्रदेशमा कालिकोटबाट र्‍यापिड टेष्ट सुरु गरिने छ । विदेशबाट आएका र क्वारेन्टाइनमा बसेका सबैको टेष्ट गरिने निर्देशनालयले जनाएको छ ।

त्यसो त सुर्खेतमा कोरोना परीक्षण प्रयोगशाला स्थापना भएको सात दिनको अवधिमा ८५ जनाको मात्रै नमूना परीक्षण गरिएको छ । बिहीबार साँझ ६ बजेसम्म ८५ जनाको परीक्षण सकिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

corrent noodles
Metro Mart

निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यका अनुसार २० गते ४, २१ गते ११, २२ गते १५, २३ गते ११, २४ गते १३, २५ गते १२, २६ गते ७ र हिजो ६ बजेसम्म १२ वटा गरी ८५ जनाको नमूना परीक्षण गरिएको छ।

११६ जनाको परीक्षण, सबै नेगेटिभ

कर्णाली प्रदेशबाट अहिलेसम्म १ सय १६ जनाको कोरोनाको नमूना परीक्षण गरिएको छ । सुर्खेतमा प्रयोगशाला स्थापना भएपछि ८५ र काठमाडौंमा परीक्षण गरिएका ३१ जनाको गरी कुल १ सय ३१ जनाको परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको छ ।

सुर्खेतमा स्थापना भएको प्रयोगशालाको क्षमता न्यून भएपछि परीक्षणका लागि कर्णालीका अधिकांश रिपोर्ट काठमाडौंमै हुने निर्देशनालयले जनाएको छ । कोरोना परीक्षणका लागि कर्णालीका ५ सय ८६ जनाको स्याम्पल काठमाडौं पठाइएको छ । गत मंगलबार ५०१ वटा र आज ८५ वटा गरी स्याम्पल काठमाडौं पठाइएको हो ।

कोरोनाको उच्च जोखिम

कर्णाली प्रदेश कोरोनाको उच्च जोखिममा छ । एकातिर छिमेकी अर्थात् सुदूरपश्चिममा कोरोनाका संक्रमित बढ्दै जानु अर्काेतिर विदेशबाट आएका आठ हजार बढीको स्वास्थ्य परीक्षण नहुनु यी दुई कारणले कर्णालीमा कोरोनो उच्च जोखिम छ ।

तर कोरोनाको परीक्षण भने कछुवा गतिमा भएको छ । किनकी कोरोनाको त्रासपछि गाउँ फर्किएका ८ हजारमध्ये हालसम्म १ सय १६ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ ।

के हो र्‍यापिड टेष्ट प्रविधि ?

र्‍यापिड टेष्ट कोरोना परीक्षण गर्ने द्रुत प्रविधि हो । किटको माध्यमबाट कोरोना भए नभएको पूर्व जानकारी लिन सजिलो हुन्छ । र्‍यापिड टेस्टले कोरोना भएको ठ्याक्कै यकिन भने गर्दैन । पोजिटिभ देखियो वा मिल्दोजुल्दो लक्षण देखियो र स्वास्थ्यकर्मीलाई बढी शंका लागेको खण्डमा तत्काल नमुना सङ्कलन गरेर पुनः परीक्षण गर्न सजिलो हुन्छ ।

कर्णाली स्वास्थ्य प्रयोगशाला संयोजक ओम आचार्यका अनुसार र्‍यापिङ टेष्टले कोरोना हुनसक्ने व्यक्तिको पूर्व पहिचान गर्न सकिन्छ ।

शरीरको इम्युनिटी पावर (रोग प्रतिरोधात्मक क्षमता) का आधार कोरोना हुन सक्ने सम्भावित लक्षण पत्ता लगाउन मद्दत गर्दछ । र्‍यापिड टेष्ट गर्दा पोजिटिभ देखियो वा आशंका लागेको खण्डमा पीसीआर विधिबाट तत्काल चेक गरी कोरोना भएको पुष्टि गर्न सकिन्छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका र विदेशबाट आएका व्यक्तिको र्‍यापिड टेष्टबाट कोरोनाको चेकजाँच गरिने छ । यसले करिव १५ देखि २० मिनेटभित्र कोरोना हुन सक्ने व्यक्तिको पहिचान गर्दछ ।

प्रकाशित: Apr 10, 2020| 08:15 शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।