रूपन्देही– रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–४ मा आगलागी हुँदा चार घर जलेका छन्।
खम्हेगाउँका सुरज नाऊ, जोगिन्दर नाऊ, दुर्योधन नाऊ र रघुवीर नाऊका घर जलेर पूर्णरुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए।
स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीको कारण पत्ता नलागे पनि विद्युत् सर्ट कारण हुनसक्ने प्रहरीले आकलन गरेको छ। रासस