बिहीबार, वैशाख ६, २०८१

कोरोनाले निम्त्याएको अमेरिका–डब्लूएचओ द्वन्द्व

कोरोना संकटकाबीच अमेरिका र विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)को सम्बन्धमा तिक्तता आएको छ। दुबै बीचको सम्बन्ध यति जटिल अवस्थामा पुगिसकेको छ की डब्लूएचओलाई दिँदै आएको सहयोग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोक्ने चेतावनी दिएका छन्। राष्ट्रपति ट्रम्पले डब्लूएचओ चीन केन्द्रीत भएको आरोप लगाइरहेका छन्।
 |  बिहीबार, चैत २७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २७, २०७६

कोरोना संकटकाबीच अमेरिका र विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)को सम्बन्धमा तिक्तता आएको छ। दुबै बीचको सम्बन्ध यति जटिल अवस्थामा पुगिसकेको छ की डब्लूएचओलाई दिँदै आएको सहयोग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोक्ने चेतावनी दिएका छन्। राष्ट्रपति ट्रम्पले डब्लूएचओ चीन केन्द्रीत भएको आरोप लगाइरहेका छन्।

triton college

ट्रम्पले डब्लूएचओका अध्यक्ष टेड्रोस एडहानमकै कारण अमेरिकामा कोरोनाले महामारीको रुप लिएको आरोप लगाइरहेका छन्। उनले टेड्रोसले सूचना लुकाएकै कारण अहिलेको जटिल परिस्थिती सिर्जना भएको भन्दै आक्रोस पोखेका छन्। ट्रम्पले डब्लूएचओसँग पहिले नै कोरोनाबारे प्रशस्त जानकारी भएपनि बाहिर नल्याएको बताएका छन्। उनले डब्लूएचओ चीन केन्द्रीत भएको भन्दै उसलाई दिइने फन्डमाथि नै रोक लगाइने बताए।

ट्रम्पले डब्लूएचओमा जाने फन्डमाथि नै प्रतिबन्ध लगाउने भनेपछि बुधबार अध्यक्ष टेड्रोसले एक अपील जारी गरे। जसमा विश्वलाई नै कोरोनाविरुद्ध एक भएर लाग्न अपील गरिएको छ। उनले अमेरिकालाई आरोप प्रत्यारोपमा उत्रिनु भन्दा पनि चीनसँग मिलेर महामारीका रुपमा फैलिरहेको कोरोनाविरुद्ध लाग्न आग्रह गरेका छन्। उनले भनेका छन्, ‘यदि तपाईंहरु अझ बढि लाश देख्न चाहनुहुन्न भने यस कुरालाई राजनीतिकरण नगर्नुस्। यो आगोसँग खेल्नु जस्तो हो। भगवानका लागि कृपया यस्तो नगरिदिनुस्।’

यता, डब्लूएचओले सूचना लुकाएको भन्दै पछिल्लो समय उसको विश्वभर नै आलोचना हुन थालेको छ। उसले समयमै यसबारे सूचना दिएको भए कोरोनाको यस संकटलाई रोक्न सकिनेतर्फ धेरैले विचार दिएका छन्। डब्लूएचओले जनवरी १४ मा गरेको एक ट्वीटका विषयमा पनि यतिखेर निकै आलोचना हुन थालेको छ। डब्लू्एचओले गरेको उक्त ट्वीटमा कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने बताइएको थियो। उसले दिएको यो गलत सूचनाको परिणाम आज समग्र विश्वले भोगिरहेको छ। विशेष गरी अमेरिका अहिले कोरोना संक्रमणको हब नै बनेको छ। विश्वका सबैभन्दा बढि संक्रमित व्यक्ति यहीँ छन्। यसबीच राष्ट्रपति ट्रम्पको रिसलाई पनि धेरैले स्वभाविक रुपमा लिएका छन्। अमेरिकामा डब्लूएचमाथि नै अनुसन्धान गर्नुपर्ने आवाजहरु उठीरहेका छन्।

डब्लूएचओ एक अन्तर–सरकारी संगठन हो। जसले खास गरी सदस्य राष्ट्रको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी काम गर्छ। डब्लूएचओले विश्वको स्वास्थ्य सम्बन्धी विषयमा नेतृत्व प्रदान गर्ने, स्वास्थ्य अनुसन्धानमा सहयोग गर्ने, नियम बनाउने तथा प्रमाण आधारित नीतिगत विकल्प पेश गर्ने कार्य गर्छ। यसले सदस्य राष्ट्रलाई टेक्निकल सहयोग गर्नुका साथै विश्वमा आइपरेको स्वास्थ्य सम्बन्धी समस्याहरुमाथि पनि निगरानी गर्ने गर्छ। सन् १९४८ अप्रिल ७ तारिकमा अमेरिकामा स्थापना भएको यस संगठनलाई सबैभन्दा बढी फन्ड अमेरिकाले उपलब्ध गराउने गर्छ। अमेरिकाले डब्लूएचओलाई कूल खर्चको २२ प्रतिशत रकम उपलब्ध गराउने गर्छ। दोस्रो स्थानमा चीन रहेको छ जसले करिब १२ प्रतिशत रकम उपलब्ध गराउने गर्छ। एजेन्सीहरुको सहयोगमा

corrent noodles
Metro Mart

प्रकाशित: Apr 09, 2020| 16:12 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।