बिहीबार, वैशाख ६, २०८१

कोरोना फैलाएको आरोपमा डाक्टरमाथि आक्रमण

कोरोना भाइरस संक्रमण फैलाएको आरोपमा भारतको नयाँदिल्लीस्थित एक अस्पतालका दुई चिकित्सकमाथि आक्रमण गरिएको छ।
 |  बिहीबार, चैत २७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २७, २०७६

नयाँदिल्ली- कोरोना भाइरस संक्रमण फैलाएको आरोपमा भारतको नयाँदिल्लीस्थित एक अस्पतालका दुई चिकित्सकमाथि आक्रमण गरिएको छ।
आक्रमणमा पर्ने दुवै सफदरजंग अस्पतालका आवासीय महिला चिकित्सक हुन्।

triton college

उनीहरुको उजुरीपछि प्रहरीले आरोपित व्यक्तिलाई पक्राउ गरेको पुलिस उपायुक्त कुमार ठाकुरले बताएका छन्। पक्राउ परेका ४४ वर्षीय पुरुष हुन्।

अस्पतालको रेसिडेन्ट डाक्टस एसोसिएसनका अध्यक्ष मनीषका अनुसार बुधबार राति साढे ९ बजे फलफूल किन्न निस्किएका ती चिकित्सकमाथि आक्रमण भएको थियो। दुवै चिकित्सक अस्पतालको आकस्मिक कक्षमा काम गर्छन्।

उनीहरुले भनेका छन्, 'हामी फलफू किन्न निस्किएका थियौँ। एकजना मानिस टाढाबाट कराउँदै आएर तिमीहरुले नै कोरोना भाइरस फैलाएका हौ भनेर हातपात गरे।' उनीहरुले आफूहरु दुवै कोरोना भाइरस उपचारमा संलग्न नहरहेको बताएका छन्।

प्रकाशित: Apr 09, 2020| 11:28 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।