शुक्रबार, वैशाख १४, २०८१

...रुनु त छँदैछ

चिकित्सकीय दृष्टिबाट हेर्ने हो भने रुनुका केही फाइदा पनि छन्। आँसु बगाउँदा आँखाको दृष्टि क्षमतामा सकारात्मक प्रभाव पर्ने विभिन्न अध्ययनले देखाएका छन् । आँखामा आँसु आउँदा नानी चिसो हुन्छ र आँखा सुख्खा हुन पाउँदैन ।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

मानिस किन रुन्छन् ? अक्सर दुःखी हुँदा । धेरै खुसी हुँदा पनि । कलाकारहरु अभिनय गर्ने क्रममा पनि रुन्छन् । कतिपय दर्शक त्यही अभिनय हेरेर पनि रोइदिन्छन्। ‘रोनाधोना’ फिल्म, सिरियल, गीत मन पराउने दर्शकको ठूलो हिस्सा छ ।

triton college

कोही भन्छन्– रुनु कमजोरी हो । कसैको तर्क हुन्छ– रुनलाई त हिम्मत चाहिन्छ । कसैले सुझाव दिन्छन्– मनको पीर आँसुले बगाएर लैजान्छ ।

त्यसो त मानिस जन्मनासाथ उसको पहिलो प्रतिक्रिया वा व्यवहार नै रुनु हो । गर्भभित्रको र बाहिरको वातारणमा फरक पर्दा हुने कठिनाइका कारण जन्मनेबित्तिकै शिशु रुने चिकित्सक बताउँछन् ।

मानवीय संवेगका हिसाबले भन्ने हो भने रुनु भनेको आफ्नो भावना अभिव्यक्त गर्नु पनि हो। हाँसो, खुसी, क्रोध, निराशा, लाज, घृणा, मायाजस्तै रुनु पनि एक प्रकारको भावना हो ।

अरु भावनाजस्तै रुनु पनि मन र मस्तिष्कसँग सम्बन्धित एउटा क्रियाकलाप हो । यसबारे थुप्रै गीत पनि लेखिएका छन् नेपालीमा, हिन्दीमा, अंग्रेजीमा सबैजसो भाषामा । मानिस किन रुन्छन्, रुनुका फाइदा के छन्, बेफाइदा के छन् भन्नेबारेमा थुप्रै अध्ययन भएका छन् ।

corrent noodles
Metro Mart

चिकित्सकीय दृष्टिबाट हेर्ने हो भने रुनुका केही फाइदा पनि छन्। आँसु बगाउँदा आँखाको दृष्टि क्षमतामा सकारात्मक प्रभाव पर्ने विभिन्न अध्ययनले देखाएका छन् । आँखामा आँसु आउँदा नानी चिसो हुन्छ र आँखा सुख्खा हुन पाउँदैन ।

नेशनल आइ इन्स्टिच्युटका अनुसार आँखामा लुब्रिकेन्टको काम गर्छ । आँखामा डिहाइड्रेसन भयो भने धमिलो देखिन्छ । आँसुले आँखा पखाल्ने र आइबल तथा आइलिड सफा गर्ने काम गर्छ ।

मनोवैज्ञानिकहरु भन्छन्– मानिस दुःखी हुँदा शरीरमा विषाक्त रसायन उत्पन्न हुन्छ । त्यसैले दुःखी भएको बेला आँसु खसालेर मजाले रुने हो भने त्यो विषाक्त रसायन आँसुमार्फत् बाहिर निस्किन्छ र फ्रेस महसुस हुन्छ । तपाईं–हामीले पनि कतिपय अवस्थामा यस्तो महसुस गरेको हुनुपर्छ । त्यसैले त रुनुलाई नेचुरल पेन किलर पनि मानिन्छ ।

रुँदा ८५ प्रतिशत महिला तथा ७३ प्रतिशत पुरुषको रिस कम हुने वेलायतमा गरिएको एक अध्ययनले देखाएको छ । कतिपय साइको थेरापिष्टले रुनका लागि मानिसलाई प्रोत्साहन गर्छन् ।

चिकित्सकहरुका अनुसार आँसुले ब्याक्टेरिया मार्ने काम पनि गर्छ । आँसुले फ्लुड लिसोजाइम नामक इन्जाइम उत्पादन गर्छ । यो इन्जाइम दूध, म्युकस र स्यालिभामा पनि पाइन्छ ।

केही वर्षअघि साउथ फ्लोरिडा विश्वविद्यालयले गरेको अध्ययनका ९० प्रतिशत सहभागीहरुले रोएपछि मुड फ्रेस भएको बताएका थिए ।

अमेरिकाकै मेडिकल युनिभर्सिटी अफ ओहायोले गरेको अध्ययनले पनि रुँदा शरीर र मन हल्का हुने भएकोले रुनु फाइदाजनक नै हुने निष्कर्ष निकालेको थियो ।

रुवाइ र आँखाबाट निस्कने आँसु भने फरक फरक हुन्छ । व्यक्ति भावुक हुँदा इन्डोक्राइन सिस्टमले आँखाको क्षेत्रमा हर्माेन निकाल्न थाल्छ, जुन आँसुको रुपमा रसाउँछ । कुनै दुःख वा भावनात्मक चोट पर्दा निस्कने आँसु, आँखामा धुलो, कसिंगर आदि पर्दा निस्कने आँसु, आँखालाई ब्याक्टेरियाबाट बचाउन तथा सुख्खा हुनबाट रोक्न अश्रु ग्रन्थीबाट निस्कने आँसु फरक–फरक हुन्छ ।

मनोवैज्ञानिक विलियम फ्रेको केही वर्षअघिको अध्ययनअनुसार महिलाहरु औसतमा महिनाको ५ पटक रुन्छन् भने पुरुष दुईपटक।

हल्याण्डका मनोवैज्ञानिक विंगरले पनि रुवाइबारे थुप्रै अनुसन्धान गरेका छन्। उनले एउटा चाखलाग्दो तथ्य पेश गरेका छन् । त्यो के भने जुन देशमा रुनुलाई राम्रो मानिँदैन, त्यहीँका मानिस अत्यधिक रुन्छन्। उनको अध्ययनअनुसार धनी देशका मानिस बढी रुन्छन्।

प्रकाशित: Apr 08, 2020| 20:25 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्