बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • ओपो, एरिक्सन र मिडियाटेकद्वारा भीओएनआर भ्वाईस एण्ड भिडियो कलको सफल परीक्षण

ओपो, एरिक्सन र मिडियाटेकद्वारा भीओएनआर भ्वाईस एण्ड भिडियो कलको सफल परीक्षण

 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

triton college
corrent noodles
Metro Mart

ओपोले पूर्णतः नेक्स्ट जेनरेशन फाइभजी नेटवर्कमा आधारित भई भ्वाइस र भिडियो कल गर्ने कार्यमा सफलता हात पारेको घोषणा गरेको छ । यस कार्यमा सफलताका साथै अब उच्च गुणस्तरिय फाइभजी अनुभव वास्तविकताको थप नजिक पुगेको छ ।
एरिक्सन र मिडियाटेकसंग सहकार्य गर्दै मिडियाटेकको डाइमेन्सिटी १००० सिरिज एसओसी सुसज्जित ओपोद्वारा परिमार्जित कमर्सियल स्मार्टफोन मार्फत एरिक्सन रेडियो सिस्टम प्रडक्ट्स एण्ड सोल्यूसनद्वारा सञ्चारित ईन्ड टू ईन्ड फाइनजी स्ट्यान्डअलोन (एसए) नेटवर्कको माध्यमबाट गरिएको हो ।
भीओएनआर पूर्णतः फाइभजी नेटवर्क (एसए आर्किटेक्चर)मा आधारित आधारभूत कल सेवा हो । पछिल्ला कल सेवासंग तुलना गर्दा भोओएनआरले उल्लेखनिय रुपमा कम बिलम्बता, सुदृढ आवाजको गुणस्तर तथा गुणस्तरिय दृश्यानुभूतिका साथमा समग्र प्रयोगकर्ता अनुभवमै सुधार प्रदान गर्छ ।
एसए आर्किटेक्चर भविस्यको फाइभजी नेटवर्कका लागि एक प्रमुख मेनस्ट्रिम आर्किटेक्चर हो । हाल वैश्विक अपरेटर्सहरु निकै सक्रिय रुपमा फाइभजी एसए नेटवर्कका लागि जग बसाउने कार्यमा लागि परेका छन् ।
नयाँ पुस्ताका सञ्चार प्रविधिका लागि सबल प्राविधिक क्षमताका स्मार्टफोन निर्माताको आवश्यकता पर्ने हुँदा यस सफलतासंगै अपरेटर्स तथा सञ्चार उपकरण बितरकहरुका लागि छनोटका आधारमा पहिलो प्राथमिकतामा समेत पर्न सघाएको छ ।

प्रकाशित: Apr 08, 2020| 20:23 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्