शुक्रबार, वैशाख ७, २०८१

नेपाल टेलिकमको छुट वैशाख ४ गतेसम्म

विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा नेपाल टेलिकमले आफ्ना ग्राहकलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ ।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा नेपाल टेलिकमले आफ्ना ग्राहकलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ ।

triton college

नेपाल सरकारले तेश्रो पटक लकडाउनको समयावधि थप गरेपछि कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी उक्त अफरको अवधि २७ चैत २०७६ बाट ०४ बैशाख २०७७ सम्म बढाएको हो । थप गरिएका यी ८ दिनमा कम्पनीका ग्राहकले निम्न सुविधाको निरन्तरता प्राप्त गर्न सक्नेछन्:

१. जीएसएम सेवामा डाटा प्याक अन्तर्गत पहिलो प्याकेजमा रु. १ सयमा १ जीबी डाटा खरिद गर्दा ३ जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिनभित्र खपत गर्नुपर्नेछ ।

यसैगरी दोश्रो प्याकेजमा रु. २ सयमा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ र कम्पनीको फोरजी नेटवर्कमा ७ दिनभित्र खपत गरिसक्नु पर्दछ । यसरी रु. १ सयमा बोनससहित कुल ४ जीबी र रु. २ सयमा बोनससहित १० जीबी डाटा प्रयोग गर्न सकिनेछ ।

नेपाल टेलिकमले दियो सरकारले भनेको भन्दा पनि बढी छुट

२. कम्पनीकै नेटवर्क भित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलब्ध भ्वाइस प्याक खरिद गर्दा ५० प्रतिशत छुट उपलब्ध गराउने निर्णय गरिएको छ । सो अन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि रु. २५ मा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ ।

corrent noodles
Metro Mart

यसैगरी दोश्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि रु. १ सयमा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ । यसरी रु. २५ मा एक दिनका लागि बोनससहित ६० मिनेट र रु. १ सयमा ७ दिनका लागि बोनससहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुनेछ ।

३. उक्त स्टे कनेक्टेड अफर नेपाल टेलिकम एप र USSD बाट खरिद गर्न सकिन्छ । USSD बाट खरिद गर्न *1415*10# डायल गर्नुपर्दछ ।

यसैगरी ग्राहकको सुविधालाई ध्यानमा राखी कम्पनीले विन्टर अफरका रुपमा उपलब्ध गराइरहेका छुटहरुलाई स्प्रिङ अफरका रुपमा २०७७ असार मसान्तसम्म विस्तार गरेको छ । सो अन्तर्गत अल टाइम डाटा प्याक, डे डाटा प्याक, नाइट डाटा प्याक, सोसियल मिडिया प्याक, युट्युब (स्ट्रिमिङ) डाटा प्याक, डे टाइम भ्वाइस प्याक, पोष्टपेड प्याक र बिग डाटा प्याक उपलब्ध छन् ।

साथै, वाइम्याक्स सेवामा प्रदान गरिएको छुट अवधिलाई २०७७ असार मसान्तसम्म थप गरिएको छ ।

हाल कम्पनीको एउटा प्रिपेड मोबाइलबाट अर्को प्रिपेड मोबाइल वा पोस्टपेड मोबाइलमा ग्क्क्म् कोडमार्फत एक दिनमा बढीमा १० पटकसम्म र एक पटकमा दशदेखि दुईसय रुपैयाँसम्म व्यालेन्स ट्रान्सफर गर्न सकिने व्यवस्था भएकोमा यसलार्ई परिमार्जन गरी एक दिनमा बढीमा २० पटक सम्म र एक पटकमा रु. ५ सयसम्म ट्रान्सफर गर्न सकिने व्यवस्था गरिएको छ ।

पूर्ण लकडाउनको अवधिमा कम्पनीका एडीएसएल, एफटीटीएच तथा वाइम्याक्स सेवाका ग्राहकलाई महशुल भुक्तानी तथा रिचार्ज सेवा उपलब्ध हुन कठिनाई हुनसक्ने सम्भावनालाई मध्यनजर गरी सो अवधिमा समयावधि सकिने लाइनहरुको म्याद यसअघि चैत २५ गतेसम्म बढाइएकोमा हाल रिचार्ज कार्डको व्यवस्थापन सन्तोषजनक रहेको तथा महशुल भुक्तानीका लागि विभिन्न विकल्पहरु उपलब्ध भएको हुनाले समय थपलाई निरन्तरता नदिने तथा सेवा नवीकरणका लागि सम्बन्धित ग्राहकहरुलाई एसएमएसबाट सूचना समेत पठाउने निर्णय गरिएको छ ।

 

प्रकाशित: Apr 08, 2020| 19:15 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।