बिहीबार, वैशाख १३, २०८१

उपचार गराउन जाँदा प्रहरीको लात

प्रहरी जवान सिंहले नीलकमललाई लात्तीले हिर्काएको स्वीकार गरेका छन् ।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका–२ बस्ने नीलकमल ठाकुरकी पत्नी लक्ष्मी ठाकुर मंगलबार राति बिरामी भइन्। दिनभर सामान्य रहेकी लक्ष्मी उच्च ज्वरोका कारण अचेतझैं थिइन्।

triton college

नीलकमलले पत्नीलाई बुधबार प्रादेशिक अस्पताल जनकपुुर लगे। त्यहाँ उपचार भएन। आकस्मिक कक्षअगाडि उभिएका एकजना प्रहरीलाई उपचार कहाँ हुन्छ भनेर नीलकमले सोधेका मात्र के थिए, जबाफको सट्टा ती प्रहरीको लात्ती पाए।

‘मैले आकस्मिक कक्ष नजिकै एकजना मानिस उभिएको देखेपछि डाक्टर कहाँ हुन्छ भनेर सोधें। तर उहाँले मलाई लात हान्नुभयो,’ नीलकमलले भने, ‘अस्पतालमा यस्तो व्यवहार भएपछि म त्यहाँबाट फर्कें।’

आकस्मिक अस्पतालमा उपचार नभएपछि पत्नीलाई बोकेर नीलकमल नजिकै रहेको डा.विजयकुमार सिंहको क्लिनिक पुगे। त्यहाँ पनि लक्ष्मीको उपचार भएन। ‘उहाँ गइसक्नुभएको र भोलिमात्रै उपचार हुने कर्मचारीले बताए,’ नीलकमलले भने।

लक्ष्मीलाई सिकिस्त देखेपछि अस्पताल नजिकै रहेको एकजना औषधि व्यवसायीले औषधि दिएका थिए। ती औषधि व्यवसायीले उच्च ज्वरोका कारण अचेत अवस्थामा देखेपछि ज्वरो कम हुने औषधि दिएको बताए।

corrent noodles
Metro Mart

नीलकमललाई प्रादेशिक अस्पतालको आकस्मिक कक्ष नजिकै लात हान्न व्यक्ति प्रहरी जवान आलोककुमार सिंह हुन्। प्रहरी जवान सिंहले नीलकमललाई लात्तीले हिर्काएको स्वीकार गरेका छन् ।

‘म अरु नै काममा व्यस्त थिएँ, उनी नजिक आएर म सँग कुरा गर्न खोजिरहेका थिए। आवेशमा आएर मैले लात्तीले हिर्काएँ,’ सिंहले भने। आफूले गल्ती गरेको उनले बताए।

 

प्रकाशित: Apr 08, 2020| 16:58 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।