युरोपियन रिसर्च काउन्सिल (ईआरसी) का प्रमुख प्रा.माउरो फेरारीले पदबाट राजीनामा दिएका छन् । कोरोना भाइरस नियन्त्रणका युरोपेली मुलुकहरुको प्रयासमा असहमत रहेका फेरारीले राजीनामा दिएको फाइनान्सियल टाइम्सले जनाएको छ।
उनले भनेका छन्, 'म युरोपेली संघको कडा समर्थक हुँ तर कोरोना भाइरसको संकटले मेरो दृष्टिकेण पूरै बदलियो । तर मेरो उत्साहमा कुनै कमी रहने छैन।'
उनले कोरोना भाइरसविरुद्ध लड्न विश्वका सर्वश्रेष्ठ वैज्ञानिकहरुलाई नयाँ औषधि उपकरण आविष्कारका लागि पर्याप्त संसाधन र अवसर उपलब्ध गराउनुपर्ने सुझाव दिएका छन्
ईआरसी सन् २००७ मा स्थापना भएको युरोपेली वैज्ञानिकहरुको साझा संगठन हो। यसलाई विश्वकै प्रतिष्ठित दाता निकाय मानिन्छ । यो संस्थाको बजेट मात्र दुई अर्ब युरो रहेको छ।