कारोना भाइरस संक्रमणको आशंकामा उपचार भइरहेका बेला मृत्यु भएका कपिलवस्तुका ३० वर्षिय गोभर्धन धनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। तौलिहवास्थित जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेका बेला हिजो साँझ उनको मृत्यु भएको थियो।
एक साता अगाडि बिरामी भएका उनी शुक्रबार साँँझ जिल्ला अस्पतालमा उपचारका लागि आएका थिए । उनी क्षयरोगको बिरामी भएको र त्यसैकारण मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले बताए ।
गाउँमै बिरामी भएका उनलाई सुरुमा बहादुरगञ्जको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर २ दिनपछि चन्द्रोटा लागिएको थियो । चन्द्रोटाबाट थप उपचारको लागि बुटवल लैजान भनिए पनि परिवारले आर्थिक समस्याको कारण नजिक पर्ने भन्दै जिल्ला अस्पताल तौलिहवा ल्याएको थियो ।