बिहीबार, वैशाख १३, २०८१

सुलभ अग्रवाल : निलो नम्बर प्लेटको गाडीमा कालोबजारी

शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल ज्वरो नाप्ने थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार अग्रवाललाई काठमाडौंको नक्सालबाट पक्राउ गरेको हो।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल ज्वरो नाप्ने थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार अग्रवाललाई काठमाडौंको नक्सालबाट पक्राउ गरेको हो।

triton college

बजारमा पाँच हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजारमा बेच्न लागेका अग्रवाललाई प्रहरी टोलीले आफैं ग्राहक बनेर पक्राउ गरेको हो। उनले चढ्ने निलो नम्बर प्लेटको गाडीबाट प्रहरीले ६७ वटा थर्मल गन बरामद गरेको छ।

कूटनीतिक नियोगको २०९ एचसिसी १ नम्बरको गाडीमा थर्मल गन बोकेर अग्रवाल आफैं महँगोमा बेच्न हिँडेका थिए।

जगदम्बा ग्रुप मेडिकल सामग्री बेच्ने कम्पनी होइन। तर, हालैमात्र शंकर ग्रुपले चीनबाट उक्त ग्रुपले सामग्री ल्याएको थियो।

अग्रवालले कोरोना महामारीको मौका छोपेर २० हजार थान थर्मल गन ल्याएको सूचना पाएपछि प्रहरी उनको पछि लागेको थियो। त्यसपछि प्रहरी आफैं ग्राहक बनेर ती थर्मल गन किन्न खोजेको थियो।

corrent noodles
Metro Mart

मंगलबार प्रतिगोटा १५ हजार रुपैयाँका दरले १० लाखबराबरको थर्मल गन किन्ने सहमति भएपछि प्रहरी सादा पोशाकमा उनले बोलाएको ठाउँमा पुगेको थियो।

पक्राउ परेका अग्रवाललाई सरकारी वकिलको कार्यालयमार्फत् जिल्ला प्रशासन कार्यालय बुझाइने प्रहरीले जनाएको छ।

कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार अग्रवाललाई एक वर्ष कैद र १० लाख रुपैयाँ जरिवानासम्म सजाय हुन सक्छ।

यसैबीच, महानगरीय प्रहरी अपराध महाशाखाले अग्रवालको घर र कार्यालयमा छापा मारेको छ। उनको बालुवाटारस्थित घर र नक्सालको पुलिस हेडक्वार्टर अगाडि रहेको भवनमा रहेको कार्यालयमा छापा मारेको हो।

घर र कार्यालयमा भने कुनै पनि अवैध सामान उपलब्ध हुन नसकेको प्रहरीले जानकारी दिएको छ। शंकर ग्रुप अन्तर्गतका अन्य कम्पनीको कार्यालयमा पनि छापा मारिने प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 07, 2020| 21:30 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।