शनिबार, वैशाख ८, २०८१

बेलायती प्रधानमन्त्री जाेन्सनकाे अवस्था स्थिर

काेराेना भाइरसका कारण बेलायतमा एकै दिन ७५८ जनाको मृत्यु भएको छ।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

लन्डन-कोरोना भाइरस संक्रमणका कारण आईसीयूमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य अवस्था स्थिर रहेको डाउनिङ स्ट्रिटले जनाएको छ। 

triton college

उनलाई अक्सिजन दिइए पनि भेन्टिलेटरमा नराखिएको बताइएको छ। यसैबीच बेलायती महारानी एलिजाबेथ द्वितीयाले प्रधानमन्त्री जाेन्सनलाई एक सन्देश पठाउँदै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन्। जाेनसनकाे मध्य लन्डनकाे थाेमस हस्पिटलमा उपचार भइरहेकाे छ।

काेराेना भाइरसका कारण बेलायतमा एकै दिन ७५८ जनाको मृत्यु भएको छ। बेलायतको स्वास्थ्य विभाग एनएचएसका अनुसार पछिल्लो २४ घण्टामा ७५८ को मृत्यु भएको हो । योसहित बेलायतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५६५५ पुगेको छ।

 

प्रकाशित: Apr 07, 2020| 20:39 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।