मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंकको स्वायत्तता कायम राख्ने गभर्नर अधिकारीको प्रतिवद्धता

राष्ट्र बैंकको स्वायत्तता कायम राख्ने गभर्नर अधिकारीको प्रतिवद्धता

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको स्वायत्तता कायम राख्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

काठमाडौं– नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको स्वायत्तता कायम राख्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

triton college

मंगलबार राष्ट्र बैंकमा आयोजित स्वागत कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले केन्द्रीय बैंकको रूपमा नेपाल राष्ट्र बैंकले विशिष्ट पहिचान बनाएको उल्लेख गर्दैे बैंकको छवि, स्वायत्तता एवम् निष्ठालाई कायम राख्ने प्रतिबद्धता व्यक्त गरे।

राष्ट्र बैंकसँग अनुभवी र सक्षम जनशक्ति रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले बैंकका लक्ष्य र उद्देश्य प्राप्तिको निम्ति एकजुट भएर अघि बढ्न कर्मचारीहरूलाई आह्वान समेत गरे।

उनले कोरोना भाइरसको संक्रमणका कारण प्रभावित भएको व्यावसायिक वातावरणलाई सम्बोधन गर्न केन्द्रीय बैंक तयार रहेको समेत उल्लेख गरे।

“कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले परिस्थितिलाई कहाँसम्म पु¥याउँछ भन्ने कुराको कुनै निश्चितता छैन। तर, यसबाट आउने चुनौतीलाई सम्बोधन गर्नको निम्ति राष्ट्र बैंकले आवश्यक पहल गर्नेछ,” उनले भने।

corrent noodles
Metro Mart

कार्यक्रममा डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठका साथै राष्ट्र बैंक कर्मचारी संघका कार्यवाहक अध्यक्ष रुद्रप्रसाद तिम्सिना, नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष रेशमराज रेग्मी र नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रेशमबहादुर बल्छौडीले नवनियुक्त गभर्नर अधिकारीलाई सफल कार्यकालको शुभकामना दिए।

मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो। अधिकारी नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर हुन्।

प्रकाशित: Apr 07, 2020| 16:25 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्