शनिबार, वैशाख ८, २०८१

क्वारेन्टाइनमा बसेकाको आत्मबल बढाउँदै मेयर

‘केही समस्या छ कि ? खानपिन कस्तो छ ? स्वास्थ्य अवस्था कस्तो छ ?’ भैरहवास्थित नीमा प्रतिमान प्राविधिक शिक्षालयमा रहेका भारतीय नागरिकहरुसँग हिन्दी भाषामै जिज्ञासा राख्दै थिए, सिद्धार्थनगर नगरपालिका भैरहवाका मेयर हरिप्रसाद अधिकारी ।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

भैरहवा– ‘केही समस्या छ कि ? खानपिन कस्तो छ ? स्वास्थ्य अवस्था कस्तो छ ?’ भैरहवास्थित नीमा प्रतिमान प्राविधिक शिक्षालयमा रहेका भारतीय नागरिकहरुसँग हिन्दी भाषामै जिज्ञासा राख्दै थिए, सिद्धार्थनगर नगरपालिका भैरहवाका मेयर हरिप्रसाद अधिकारी ।

triton college

उनको प्रश्न सकिन नपाउँदै क्वारेन्टाइनमा बसिरहेकाहरुले एकै स्वरमा भने, ‘खानबस्न त घरमा भन्दा राम्रो छ । केही समस्या छैन । तर हामी कहिले घर जान पाउँछौं । घरका मान्छे आत्तिएका होलान् ।’

दिनको एकपटक क्वारेन्टाइन स्थलमा पुग्ने गरेका नगर प्रमुख अधिकारीले क्वारेन्टाइनमा बस्नेहरुमा मानसिक तनाव नहोस्, उनीहरुमा आत्मविश्वास बढोस् भनेर आफू नियमित रुपमा क्वारेन्टाइनमा जाने गरेको बताए ।

उनले भने, ‘मैले केही नगरे पनि नमस्कार भनेर सबैलाई अभिवादन गरेँ भने पनि कोठाभित्र गुम्सिएर बसेकाहरुलाई हौसला मिल्छ । आत्मविश्वास बढ्छ । यसले कोरोनाविरुद्धको रोग प्रतिरोधात्मक शक्ति बढाउन पनि मद्दत मिल्छ ।’

नगर प्रमुख भेट्न आएपछि क्वारेन्टाइनमा बसेका दीपक कुमारले भने, ‘सुविधाको हिसाबले घरमा भन्दा बढी छ । दुई पटक नास्ता, दुई पटक खाना । दिनैजसो मेयरसाब आइराख्नुहुन्छ । सन्चो बिसन्चो सोध्दा खुसी लाग्छ ।’

corrent noodles
Metro Mart

दीपक भारतको छपडा बिहार मसरथाना निवासी हुन् । उनी गुरबनियाको श्याम प्लाइमा काम गर्छन् । उनीसँगै बिहारका १३ जना उक्त क्वारेन्टाइनमा रहेका छन् ।

यसैगरी पोखरामा फलफूल व्यापार गर्ने बिज्रेश प्रजापति भारतको भैया फरिन्दामा रहेको आफ्नो घर जान हिँडेका थिए । तर लकडाउनका कारण उनी प्रशासन र नेपाल प्रहरीको सहयोगमा नीमा प्रतिमानमा बनाइएको क्वारेन्टाइनमा आइपुगेका छन् ।

तानसेनबाट भारतको कोलही गुडचीया जान हिँडेका उमेश ठाकुर पनि परिवारसहित क्वारेन्टाइनमा बस्दा खासै नरमाइलो नभएको बताउँछन् । ‘घर जान पाइएन, त्यो अलग कुरा भयो । तर उता पुगेको भए पनि त्यतिकै बस्न पथ्र्यो । यता पनि त्यतिकै बसिएको छ । ठीकै छ ।’

सिद्धार्थनगर नगरपालिकाको व्यवस्थापनमा नीमा प्रतिमान प्राविधिक शिक्षालयमा १५५ जना भारतीय मजदूरलाई राखिएको छ । यसैगरी शैक्षिक तालिम केन्द्र बसडिलवामा ४९ जनालाई राखिएको छ ।

दुवै क्वारेन्टाइनको सुरक्षा नेपाली सेनाले गरिरहेको छ भने आवश्यक प्रबन्ध नगरपालिकाले गरिरहेको छ । क्वारेन्टाइनको अवस्था बुझ्न नगर प्रमुख अधिकारी पुगिरहन्छन्। नगर उपप्रमुख उमा काफ्ले, प्रदेश सभा सदस्य सन्तोष पाण्डे, नगरका अधिकृतहरु पनि क्वारेन्टाइन पुग्ने गरेका छन् ।

सिद्धार्थनगर नगरपालिकाले दैनिक २ पटक नास्ता र बिहान साँझ खानाको व्यवस्था सहित व्यवस्थित ढंगले कोठाहरुमा राखेको सिद्धार्थनगरका वरिष्ठ अधिकृत गणेश क्षेत्रीले बताए । क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य अवस्था नियमित रुपमा जाँच गर्न नगरको स्वास्थ्य शाखाकोे टोली खटिएको छ ।

प्रकाशित: Apr 07, 2020| 08:10 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।