शिक्षण अस्पताल महाराजगञ्जमा सोमबारदेखि पीपीई बुथ राखिएको छ । अस्पतालको आइसोलेसन वार्डभन्दा बाहिर बुथ राखिएको हो ।
कोरोना भाइरस (कोभिड–१९) का सम्भावित संक्रमितको परीक्षणका लागि स्याम्पल लिन बुथ राखिएको हो। सम्भावित संक्रमितबाट स्याम्पल लिँदा स्वास्थ्यकर्मीलाई नसरोस् भनेर बुथ राखिएको अस्पतालले जनाएको छ। यसरी बुथभित्र बसेर सम्भावित संक्रमितको घाँंटीबाट स्याम्पल लिँदा चिकित्कसलाई रोग सर्ने सम्भावना हुँदैन ।
डा महाविर पुनः अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा यो बुथ काठमाडौं बिल्डर्स प्रालि भक्तपुरले वनाएको हो । साथै यसमा अमेरिका नेपाल मेडिकल फाउण्डेशनको सहयोग पनि रहेको जनाइएको छ ।
बुथ निर्माण समूहमा संलग्न इन्जिनियर कृष्णभक्त दुवालले सोमबार एक कार्यक्रमबीच अस्पताललाई बुथ हस्तान्तरण गरेका छन् ।