शुक्रबार, वैशाख ७, २०८१

बागमतीले दियो सबै तहलाई अनुदान

बागमती प्रदेश सरकारले स्थानीय विपद् व्यवस्थापन कोष स्थापनाका लागि सबै स्थानीय तहलाई अनुदान रकम उपलब्ध गराएको छ। 
 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

हेटौंडा- बागमती प्रदेश सरकारले स्थानीय विपद् व्यवस्थापन कोष स्थापनाका लागि सबै स्थानीय तहलाई अनुदान रकम उपलब्ध गराएको छ। प्रदेशअन्तर्गत १३ जिल्लाको ११९ स्थानीय तहमा सो कोष स्थापनका लागि सम्बन्धित स्थानीय तहको बैंक खातामा अनुदान रकम पठाइसकिएको आन्तरिक मामिला तथा काननु मन्त्रालयले जनाएको छ।

triton college

मन्त्रालयअन्तर्गत गठित बागमती प्रदेश विपद् व्यवस्थापन समितिका अनुसार काठमाडौं ललितपुर र भरतपुर महानगरपालिकालाई रु २०/२० लाख र हेटौंडा उपमहानगरपालिकालाई रु १५ लाख अनुदान रकम पठाइसकिएको छ।

त्यस्तै प्रदेशको ६६ निर्वाचन क्षेत्रअन्तर्गत ४१ नगरपालिकालाई रु १२/१२ लाख र ७४ गाउँपालिकालाई रु १०÷१० लाख अनुदान रकम उपलब्ध गराएको मन्त्रालयले जनाएको छ।

संघीय सरकारले दैनिक लकडाउन चालू गरिरहेकामा सुरक्षाकर्मीलाई उनीहरुको मनोबल उच्च पार्न र व्यावहारिक कार्यमा क्रियाशील तुल्याउन प्रत्येक जिल्लाको सुरक्षाकर्मीलाई रु पाँच÷पाँच लाख सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई पनि पठाइएको बागमती प्रदेश विपद् व्यवस्थापन समितिले जनाएको छ।

प्रकाशित: Apr 06, 2020| 16:00 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।